काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी “रास्वपा”का सभापति रवि लामिछानेविरुद्ध परेको दाबी विरोध र उजुरीमा उनले बुधबार स्पष्टीकरण बुझाउनु पर्ने भएको छ । स्पष्टीकरण दिउँसो १ बजे भित्र बुझाउनै पर्ने बताइएको छ ।
उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा स्पष्टीकरण बुझाउने मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले बताएका छन् । रवि लामिछानेले दिएको स्पष्टीकरणबारे अपरान्ह ५ बजेसम्म निर्णय हुने न्यौपानेले बताएका छन् ।
रवि लामिछानेको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइने बताइएको छ । उनीविरुद्ध सोमबार र मंगलबार तीनवटा दाबी विरोध र एउटा उजुरी परेको जानकारी दिएको छ ।