Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १३ २०७९
  • 3.6K
    SHARES

काठमाडौँ । नेपाली क्रिकेटर सन्दीप लामिछाने विरुद्धको जबरजस्ती करणीको मुद्दाको आजदेखि अन्तिम सुनुवाइ हुने भएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा लामिछानेको मुद्दाको पेसी तोकिएको छ ।

जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा १४औँ नम्बरमा सन्दिप लामिछानेको पेसी परेको छ । अन्तिम तिर पेसी परेकाले आज सुनुवाइ हुन सक्ने/नसक्ने भन्ने अझै टुङ्गो लागेको छैन । सर्वोच्च अदालतले नै यो मुद्दा छिटो टुंग्याउन भन्दै जिल्ला अदालत काठमाडौँलाई आदेश दिएको थियो ।

सन्दीप लामिछाने विरुद्ध गौशाला २६ भन्ने एक किशोरीले गएको भदौ तेस्रो सातामा आफुलाई जबरजस्ती करणी गरेको आरोप लगाएकी थिइन् । त्यसको करिव एक महिनापछि सन्दीप लामिछाने पक्राउ परेका थिए । सुरुमा जिल्ला अदालत काठमाडौँले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर तीन महिना भन्दा बढी थुनामा बसेपछि उच्च अदालत पाटनले काठमाडौँ  जिल्ला अदालतको आदेश बदर गर्दै २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । त्यसपछि लगत्तै यो मुद्दा सर्वोच्च अदालतमा पुगेको थियो ।

दुवै पक्ष सर्वोच्च अदालतमा पुगेपनि सर्वोच्च अदालतले उच्च अदालत पाटनको आदेशलाई संशोधन गर्दै सन्दीप लामिछाने माथि विदेश जान लागेको प्रतिबन्ध समेत हटाउन आदेश दिएको थियो । अन्तिम सुनुवाइका क्रममा सन्दीपले सफाइ पाउने कि दोषी ठहर भएर जेल जाने भन्ने टुंगो लाग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४