Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गण्डकीका मुख्यमन्त्री अधिकारीलाई राजीनामा दिन कांग्रेसको आग्रह


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, चैत्र ११ २०७९
  • 2.6K
    SHARES

काठमाडौँ । नेपाली कांग्रेसले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको राजीनामा माग गरेको छ । नेकपा माओवादी केन्द्रले सरकार छाडेर समर्थन पनि फिर्ता लिएको भोलिपल्ट नेपाली कांग्रेसको गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले शनिबार पत्रकार सम्मेलन गरी मुख्यमन्त्रीलाई मार्गप्रशस्त गर्न आग्रह गरेका छन्  ।

गण्डकीमा नेकपा एमाले,नेकपा माओवादी केन्द्र र राप्रपाको समर्थनमा नेकपा एमालेका नेता खगराज अधिकारी मुख्यमन्त्री नियुक्त भएका थिए । तर राष्ट्रपति निर्वाचनमा केन्द्रमा नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र सहितका दलको गठबन्धन बनेपछि प्रदेश सरकार अप्ठ्यारोमा परेको छ । शुक्रबार नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गण्डकी प्रदेश सरकार अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नभएको पाण्डेले बताएका छन् ।

अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ’, पाण्डेले विज्ञप्तिमा भनेका छन्, ‘कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने र कर्मचारी नियुक्रि सरुवा बढुवा लगायतको काम गर्नु न्यायसंगत मानिदैन ।

यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतको दायित्व सिर्जना भए त्यसको दायित्व नयाँ सरकारले लिन बाध्य नहुने पनि पाण्डेले बताएका छन् । उनले दूरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न पनि प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

गण्डकी प्रदेशमा नेपाली कांग्रेस–नेकपा माओवादी क्रन्द्र सहितका दलको गठबन्धनमा सरकार निर्माण हुँदा नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियतमा पाण्डे मुख्यमन्त्रीको प्रबल दाबेदार हुन् । उनले अब प्रदेश सरकारको नेतृत्व नेपाली कांग्रेसले पाउनुपर्ने पनि बताउँदै आएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४