Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

साफ यू-१७ महिला च्याम्पियनसिप : नेपालले आज भारतसँग खेल्दै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र ६ २०७९
  • 2K
    SHARES

काठमाडौं । बंगलादेशमा आजदेखि सुरु हुने साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपाललले भारतसँग पहिलो खेलमा प्रतिस्पर्धा गर्दैछ ।

नेपाल र भारतबीचको खेल ढाकास्थित बीएसएसएस मोस्ताफा कमल स्टेडियममा नेपाली समय अनुसार दिउँसो ३ बजे सुरु हुनेछ यसअघि यू-१५ च्याम्पियनसिपको विजेता रहेको नेपाल भारतलाई हराएर सुखद सुरुआत गर्ने योजनामा छ ।आजै आयोजक बंगलादेश र भुटानबीच दोस्रो खेल हुनेछ । च्याम्पियनसिपमा बंगलादेश, नेपाल, भारत, भुटान र रुस गरी पाँच टिमको सहभागिता छ ।सिंगल राउण्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्नेछ ।

नेपालको लक्ष्य उपाधि

मुख्य प्रशिक्षक भगवती रानाले नेपालको तयारी राम्रो रहेको र उपाधि रक्षा गर्ने लक्ष्य रहेको बताइन् ।हामीले राम्रो तयारी गरेका छौँ । जसरी पनि च्याम्पियन हुने नै लक्ष्य छ । सबै म्याच जितेर अंक तालिकामा शीर्ष स्थानमा रहने लक्ष्य छ,’ भगवतीले ढाका प्रस्थान गर्नुअघि अनलाइनखबरसँग भनिन्, ‘हामी डिफेन्डिङ च्याम्पियन भएकोले पनि झन् धेरै चुनौती छ । त्यसैले पनि हरेक खेल जित्नुपर्ने हुन्छ ।’च्याम्पियनसिपमा यसपटक युरोपियन टिम रुस पनि सहभागी छ । त्यसैले यसपटक नेपाललाई उपाधि रक्षा गर्न थप चुनौती भने पक्कै छ ।

‘रुससँग पनि खेल्ने अवसर छ ।नयाँ टिम हो ।हामीले युरोपको टिमसँग खेल्ने अनभुव पनि पाउनेछौं । रुससँग मात्र नभएर सबै खेल महत्वपूर्ण छन् र कठिन हुनेछ । तर हामी सबै क्षेत्रमा तयार छौँ र राम्रो खेल्नेछौँ । हामी फाइट गर्न सक्छौँ भनेर मोटिभेट छौँ,’ उनले थपिन् ।यसअघि नोभेम्बरमा भएको साफ यू-१५ मा नेपाल बंगलादेश र भुटान मात्र सहभागि थियो । जसमा डबल राउण्ड रोविन लिगका आधारमा खेल भएको थियो र नेपाल धेरै अंक जोड्दै च्याम्पियन बनेको थियो । त्यसबेला नेपालले बंगलादेशलाई एक खेलमा हराएको थियो भने एक खेल बराबरी खेलेको थियो ।भेम्बरमा साफ यू-१५ महिला च्याम्पियन जित्दाका १७ खेलाडी अहिले पनि टिममा छन् ।

नेपाली टोली

गोलकिपर : सुजाता तामाङ, राधिका ओली, करुणा बुढाथोकी

डिफेन्डर : अञ्जना पुन मगर, प्रेरणा डोल्मा लामा, सीता रोकाया, अमिता भुल, सिमरन राई, विपना स्नेही, रेणु लिम्बु

मिडफिल्डर : माया मास्के, दिपा मगर, सुशीला केसी, झुमा विश्वकर्मा, सुक्रिया मिया, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड : दीपा रोकाया, वर्षा ओली, सेनु परियार

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४