Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

पीएनजीले यूएईलाई दियो २३५ रनको लक्ष्य


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, चैत्र १ २०७९
  • 1.2K
    SHARES

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको आफ्नो अन्तिम खेलमा पपुवा न्युगिनी पीएनजीले यूएईलाई २३५ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको पीएनजीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाई २३४ रन बनायो । पीएनजीका कप्तान अर्सद भालाले सर्वाधिक ६५ रन बनाए । उनले ९५ बलमा ६ चौका र १ छक्का प्रहार गरेका छन् ।

२२ रन बनाउँदा दुई विकेट गुमाएको अवस्थामा ब्याटिङमा आएका भालाले पीएनजीलाई उकासको हुन् । उनले चौथो विकेटका लागि चाल्र्स एमिनीसँग ५३ रनको साझोदारी गरे ।

त्यसअघि किप्लिन डोरिगासँग भालाले तेस्रो विकेटका लागि ४१ रनको साझेदारी गरे ।

ओपनर डोरिगा २४ र एमिनी २२ रनमा आउट भए । अर्का ओपनर हिरी हिरी ४ रनमा नै हजरत विलालको बलमा विकेटकिपर भालथापाबाट क्याच आउट भए । तेस्रो क्रममा आएका ब्याटर सेसे बाउले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । बाउले १५ बलमा ९ रन बनाउँदै क्याच आउट भए ।

गौडी टोकाले १५ रन बनाए । आक्रमक ब्याटिङ गरेका रिले हेकुरेले २२ बलमा ३३ रन बनाएर रन आउट भए । सातौं क्रममा ब्याटिङ गर्न आएका बलिङ अलराउन्डर नोमान भनुवाले ३१ बलमा ४९ रन बनाउँदै अविजित रहे । नवौं ब्याटर चाड सोपर शुन्यमा अविजित रहे ।

यूएईका लागि हजरत विललाले सर्वाधिक ४ विकेट लिए । उनले १० ओभरमा ४७ रन खर्र्चिए । रोहन मुस्तफा र जवार फरिदले समान १–१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४