Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अष्टलक्ष्मीले जित्ने सम्भावना छ, सबै कुरा भन्दा भत्किन्छ : अध्यक्ष ओली


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ३० २०७९
  • 1.6K
    SHARES

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिमा नेकपा एमाले उम्मेदवार अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना रहेको बताएका छन् ।

मंगलबार शाक्यलाई जिताउन आयोजित प्रशिक्षण कार्यक्रमलाई बोल्दै अध्यक्ष ओलीले १० दलको गठबन्धनले महिलाको अधिकार खोस्न निर्वाचन आयोगलाई प्रयोग नै गरिसकेको बताएका छन् । उनले भने, ‘कमरेड अष्टलक्ष्मी शाक्यलाई पार्टीले उपराष्ट्रपतिको उम्मेदवारका रूपमा उठाएको छ । ३ गते मतदान हुँदैछ । हामीले जित्ने सम्भावना छ । केही कारणहरू छन्, अहिले सबै कारणहरूको चर्चा गर्नुहुँदैन भत्किन सक्छ । सम्भावनाको खोजी अन्तिम बेलासम्म गर्ने हो ।

उनले १० दलीय गठबन्धनभित्र अनेक प्रकारका समस्याहरू रहेको पनि बताएका छन्  । ‘१० वटा टाउको एकै ठाउँमा रावणको हुन्छ । १० टाउके रावण । अहिलेको रावण पनि फेरि महिलाका हक अधिकार हरण गर्न लागेको देखेको छु’, ओलीले संविधानमा राष्ट्रपति उपराष्ट्रपतिबारे स्पष्ट फरक लिङ्ग हुनुपर्ने भने पनि सत्ता गठबन्धनले त्यसलाई अस्वीकार गरेको बताएका हुन्  ।

अध्यक्ष ओलीले नेकपा एमाले मुलुकमा सबल राष्ट्रिय शक्ति निर्माण गर्न लागे पनि विरोधीहरू त्यसलाई असफल पार्न लागिरहेको बताएका छन् । ‘हामीभित्र कुनै प्रकारका समस्या छैनन् । यसै त हामी एउटा गठबन्धनसँग या हाम्रो विपक्षी शक्तिसँग चुनाव लडिरहेका छौ । अहिलेको राष्ट्रिय राजनीति हामी एकातिर अरू अर्कोतिर भएको छ’, अध्यक्ष ओलीले यसलाई नराम्रो मान्नुपर्ने कुनै कारण नभएको बताएका छन्  । ‘बहुदलीय व्यवस्थामा दशथरी दशतिर फर्किनुभन्दा दशथरी एकै ठाउँमा जम्मा भएका छन् त्यो राम्रो हो । यद्यपि एक्ला एक्लै लड्दा परिणाम बेग्लै हुन्थ्यो । तर दीर्घकालीन हिसाबले भन्ने हो भने दुई दुई विचार, उद्देश्य र पक्षको बिचमा प्रतिस्पर्धा भइरहेको छ’, ओलीको भनाइ छ ।

‘हामी एउटा सबल राष्ट्रिय शक्ति निर्माण गर्न चाहान्छौँ, अरू थरीहरू सबल राष्ट्रिय शक्ति निर्माणको प्रयासमा गम्भीर बाधा व्यवधान पुर्याउन र त्यसलाई असफल पार्न चाहन्छन् । अहिलेको राष्ट्रिय राजनीतिको चुरो त्यति हो । सबल राष्ट्रिय शक्ति निर्माण हुन नदिनेका पछाडि को होला ?’, ओलीले प्रश्न गर्दै कुन प्रवृत्तिले काम गरेको छ भन्ने कुरा सहजै अनुमान गर्न सकिने बताएका हुन्  । उनले निजी स्वार्थ पुरा गर्न आफूलाई डाक बढाबढमा राखिदिने प्रवृत्ति र निजी संर्कीण स्वार्थका लागि दीर्घकालीन स्वार्थ समाप्त पार्ने प्रयासहरू भइरहेको बताएका छन्  ।

‘एक जना आफूलाई कम्युनिस्ट भन्ने नेताले के भने भने प्रचण्डले मलाई प्रस्ताव गर्नुभएको थियो तर मैले मान्दै मानिन, राष्ट्रपति कांग्रेस नै हुनुपर्छ भनेर भनेँ । त्यो मेरो भनाई होइन , मति त्यो छ । राष्ट्रिय शक्ति निर्माण गर्नेसँग वैरभाव छ’, ओलीको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४