Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकनहरु आशावादी, विश्वको ध्यान अमेरिकातिर


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, चैत्र १७ २०७६
  • 5.5K
    SHARES

अनिलभक्त खरेल
विश्वमा प्रत्येक वर्ष सानातिना नयाँ रोगहरु नितरन्तर देखापरेपनि कोरोना जस्तो महामारी हरेक १०० वर्षको अन्तरालमा आउने गरेको इतिहासबाट प्रष्ट हुन्छ । पहिला अन्य नामधारी महामारीले विश्वलाई दुख दियो अहिले कोरोना नामधारीले दुख दियो फरक यत्ति हो । यस्ता महामारी निरन्तर चलिरहेका छन् र चल्नेछन् । रोग आएपछि ढिलो चाँडो त्यसको रोकथाम भैरहेका छन् र हुन्छन् पनि । विज्ञहरु यसमा निरन्तर लागेका थिए र लागिरहेका पनिछन् मानव अस्तित्व जोगाउन ।नयाँ रोग संगसंगै नयाँ नयाँ दबाइ खोज्ने काम पनि निरन्तर चलिरहेका छन्।यदि पृथ्वीबाट मानव जाति लोप हुन नलागेकै हो भने यसको दबाई यथासक्य चाँडै पत्ता लाग्नेछ । हामीहरु दबाई आउने आशामा बाँचौं । जसरी भोलिको सुनौलो संसारका लागि भनेर आज दुख गरिरहेका छौं । दुःखपछि सुख आउने आशामा बाँचीरहेका छौं ।हो त्यसरी नै बाँचौं रोग लागेपनित्यसको दबाई पाइने आशामा । रातपछि दिन आउनेको प्रतिक्षामा बाँचौं । हिम्मत नहारौं, हिम्मत हारे भने हामीमा रोगसंग लड्ने क्षमता नै बाँकी रहँदैन उल्टै रोगले नै सधैंको लागि लडाउँछ । हो यस लोकमा जन्मेपछि सबैले एकदिन मर्नैपर्छ तर एकदिन मरिने नै हो भने आजैबाट खुट्टा तन्काउने हो भने यो सारा संसार कसरी चल्छ ? के गाडी दुर्घटना भएर मरिन्छ, हावाई जहाज दुर्घटना भएर मरिन्छ, पानीजहाज दुर्घटना भएर मरिन्छ भनेर सबै घरभित्र चुकुल लगाएर बसे यो संसार कसरी चल्छ ? हो गाडी चलाउँदा सचेतना अपनाउने आप्mनो कारण कम दुर्घटनाको सम्भावना हुन्छ तर अर्कोले आएर सिंधै दुर्घटना गराए के पो नै गर्न सकिन्छ र ? हो त्यस्तै हो कोरोनारुपी महामारी पनि । कि खाने मुख सिलाएर बस्नु नै पर्यो । सचेतना नअपनाउने हो भने घरभित्र लुकेर मात्र समाधान हुन्न । मिति पुगेकै हो भने जहाँ लुकेपनि केही लाग्दैन । यदि लुकेर बसेर बाचिने हो भने राजा परिक्षित सर्पले डसेर मर्नुपर्ने थिएन । ७ दिनका भित्र सर्पले डसेर मर्ने श्राप पाएका राजा परिक्षित दरवारमा सात घेरा पहरेदार राखेर सर्प आउने सबै मार्ग बन्द गरेर बस्दा पनि एउटा फलको दानाभित्र सर्प लुकेर बसी राजाले त्यो फल खान खोज्दा मर्नु परेको हाम्रो हिन्दु धर्मशास्त्रमा पढ्न पाइन्छ । त्यसै भनिएको हैन हुने हार दैव नटार भन्निछ । डराएर समस्या समाधान हुँदैन ।
कोरोना जस्ता यस्ता महामारीले हरेक १०० वर्षमा विश्वका मानवजातिलाई तर्साइरहेको छ । सन् १७२० मा सार विश्वमा प्लेग फैलिएको थियो । सो रोग फैलिएको १ महिनामा नै ५० हजार र अरु ५० हजार २ वर्षका अवधिमा मारिए । आजभन्दा ३ सय वर्ष अगाडि झण्डै १ लाख मर्नु चानचुने कुरा होइन । सो महामारीले युरोपलाई नै बढी असर गरेको थियो ।
त्यस्तै सन् १८२० मा कलेरा महामारीको रुपमा देखा पर्यो । यस महामारीका कारण पनि १ लाख मानिस मारिएका थिए । यस महामारीले एसियाली मुलुकलाई बढी असर पारेको थियो । १०० वर्ष अगाडि अर्थात् सन् १९२० मा स्पेनिश प्mलुका कारण विश्वमा ५ करोड मानिस मारिएको बताइन्छ । सो रोग नियन्त्रण गर्न २ वर्ष लागेको थियो । अहिले चिनबाट सुरु भएको कारोना भाइरसले आजका दिनसम्म विश्वका १९५ राष्टका ५ लाख भन्दा बढी संक्रमित भैसकेका र २२ हजार भन्दा बढी मानिसको मृत्यु भैसकेको छ । शक्तिशाली राष्ट अमेरिकामा मात्रै ७० हजारभन्दा बढी संक्रमति र झण्डै ११ सयको हाराहारीमा मानिसको मृत्यु भैसकेको छ । झण्डै ३५ हजार जति संक्रमित र ४ सयको हाराहारीमा मृत्यु न्युयोर्कमा मात्रै भैसकेको छ । अमेरिकाभरि अहिले दिनको ३०० को हाराहारिमा मानिसले मृत्युवरण गरिरहेका छन् । भर्खरै अमेरिकी सरकारले २ खर्ब डलरको राहतको प्याकेज पनि ल्याएको हुनाले अबको २ सातापछि अमेरिकामा मर्नेको गति कम हुने आंकलन गरिदो छ । संक्रमितको तुलनामा मर्नेको संख्या कम हुने आशामा अमेरीकी जनता आश्वस्त छन् सरकारको पछिल्लो राहत प्याकेजका कारण । यो कोरोना भाइरस नियन्त्रण राष्टपति डोनाल्ड टम्पको लागि चुनौती र अवसरको रुपमा देखा परेको छ । यदि मृत्यु दर कम गराएर रोकथाम गर्न सफल भए भने अमेरिकामा मात्र हैन कि विश्वमा डोनाल्ड टम्प हाई हाई हुनेछन् । विश्वको ध्यान अहिले अमेरिकातिर छ । अस्तु
अमेरिका भर्जिनिया

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४