Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

महिलालाई उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा माओवादी केन्द्र


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन २६ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा माओवादी केन्द्र महिलालाई नै उपराष्ट्रपति बनाउनुपर्ने पक्षमा देखिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपतिमा पुरुष र खसआर्य समुदायका रामचन्द्र पौडेल निर्वाचित भएकाले योभन्दा फरक लिंग वा समुदायको व्यक्ति उपराष्ट्रपति पदको उम्मेदवार हुनसक्ने भनी विज्ञप्ति निकालेको छ ।

यसबारे सत्ता साझेदार दलहरुको साझा धारणा आइसकेको छैन । तर,नेकपा माओवादी केन्द्रले पुरुष राष्ट्रपति भएकाले महिला उपराष्ट्रपति हुँदा राम्रो हुने बताएको छ ।

‘संविधानमा फरक लिंग वा समुदाय भनिएतापनि अभ्यासमा राष्ट्रपति र उपराष्ट्रपतिमा महिला र पुरुष गराउने अध्यास गर्दै आएका छौं । अभ्यासलाई फलो गर्दा राम्रो हुन्छ’नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले भने ।

महासचिव गुरुङले उपराष्ट्रपति कसले लिने भनेर गठबन्धनमा रहेका दलहरुका बीचमा औपचारिक सहमति समेत नभएको बताएका छन् । ‘जसपाले पनि उपराष्ट्रपतिमा आफ्नो मागदाबी प्रस्तुत गरेको छ’, गुरुङले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४