Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अवैध आप्रवासीलाई शरण नदिने बेलायतको घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन २४ २०७९
  • 2.3K
    SHARES

एजेन्सी । बेलायतले अवैध आप्रवासीहरुलाई शरण नदिने घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकले गैर कानुनी बाटो हुँदै बेलायत प्रवेश गर्नेहरुलाई शरण नदिने प्रष्ट पार्दै तिनीहरुलाई बेलायतमा बस्न पनि नदिने बताउनु भएको हो ।

फ्रान्स हुँदै ब्रिटिस च्यानल पार गरेर बेलायत छिर्नेहरुप्रति लक्षित गर्दै उहाँले गैरकानुनी रुपमा बेलायत छिरेर शरण पाउने अपेक्षा नगर्न प्रष्ट पार्नुभएको छ ।

फ्रान्ससँग सीमा छुट्याउने ब्रिटिस च्यानल डुंगाबाट तरेर बेलायत प्रवेश गर्नेहरुको संख्या दिन प्रतिदिन बढेपछि बेलायत कठोर बनेको हो ।

सन् २०१८ मा वार्षिक तीन हजार व्यक्ति डुंगाबाट बेलायत छिरेकोमा पछिल्लो समय उक्त संख्या वार्षिक १८ हजार पुगेको छ ।

प्रधानमन्त्री सुनकले तटीय सीमा सुरक्षा गार्डहरुलाई अवैध रुपमा बेलायत छिर्न दिएर गल्ती नगर्न निर्देशन पनि दिनुभएको छ ।

अवैध आप्रवासी रोक्ने एजेण्डालाई प्रमुख मुद्दा बनाउनु भएका प्रधानमन्त्री सुनले गृहमन्त्री सुएला ब्राभरम्यानलाई आप्रवासी सम्बन्धि नयाँ विधेयक पेश गर्न पनि भनिसक्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४