Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निशा अधिकारीले हालिन् पति शरदविरुद्ध अंशवण्डाको मुद्दा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २१ २०७९
  • 3.8K
    SHARES

काठमाडौं । अभिनेत्री निशा अधिकारी र क्रिकेटर शरद भेषवाकरबीचको दाम्पत्य जीवनमा संकट उत्पन्न भएको छ । निशाले काठमाडौं जिल्ला अदालतमा शरदविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ ।

अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंशचलनको मुद्दा दायर गरेकी थिइन् ।

२०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन् । निशा फिल्म करिअरमा व्यस्त छिन् ।

शरद भने राष्ट्रिय टिममा समावेश नभएका कारण फुर्सदमा छन् । अंशवण्डा मुद्दा दायर गरेकी निशाले सम्बन्धविच्छेदको मुद्दा भने दायर गरेकी छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४