Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतले गरे कमलविनायक-नगरकोट सडक अनुगमन


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, फाल्गुन १८ २०७९
  • 2.5K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक-नगरकोट सडकखण्ड अनुगमन गरेका छन् ।

अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसमेत छन् । यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमन टोलीमा राजदूत श्रीवास्तव पनि सहभागी भएका हुन् ।

कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन हुने उपप्रधानमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

कमलविनायक-नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले स्पष्टीकरण माग्दा निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्ने बाचा गरेको थियो । त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन गरिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४