Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

दोहोरीगीत प्रतिष्ठानमा चुनावी गर्मी : अध्यक्षमा रीता थापा र पशुपति शर्मा आकांक्षी प्रतिष्ठानले भन्यो- आर्थिक लेनदेन गरे कारवाही


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 3K
    SHARES

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानले आसन्न केन्द्रीय महाधिवेशनलाई प्रभावित पार्नेगरी कुनै प्रतिनिधि, उम्मेदवार वा संस्थाले आर्थिक लेनदेन गरेमा आचारसंहिताअनुसार कडा कारवाही गर्ने चेतावनी दिएको छ । अध्यक्ष रमेश बीजी र महासचिव सुवास केसीले वक्तव्य जारी गर्दै सम्भावित लेनदेन रोक्न सचेत गराएका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशनको नाममा मत प्रभावित हुने आशय राखेर कोही कसैसँग लेनदेन गरेको यो लेनदेन गर्ने आशयसहितको कुरा गरेको प्रमाण फेला परेमा त्यसरी कुरा गर्ने प्रतिनिधि, उम्मेदवार या संस्था जोकोहीलाई पनि केन्द्रीय समितिले आफ्नो आचारसंहिताको अधीनमा रही कडाभन्दा कडा कारवाही गर्ने व्यहोरा जानकारी गराइन्छ ।

फागुन १२ देखि १४ गतेसम्म धादिङमा हुन लागेको आठौं केन्द्रीय महाधिवेशनको सन्दर्भमा संस्थाले चेतावनीपूर्ण वक्तव्य जारी गरेको हो । महाधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति निर्वाचित गर्ने तयारी छ । जसका लागि चुनावी माहोल तातिएको छ र केही कलाकारले उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् ।

वर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष समेत रहेकी रीता थापा मगर अध्यक्षको उम्मेदवार बन्ने तयारीमा छिन् । जितेको खण्डमा उनी प्रतिष्ठानको पहिलो महिला अध्यक्ष बन्नेछिन् । अहिलेका प्रथम उपाध्यक्ष पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी रहेका छन् । अहिलेका द्वितीय उपाध्यक्ष रामजी खाँण प्रथम उपाध्यक्षका लागि आकांक्षी हुन् । महिला उपाध्यक्षमा राधिका हमालले कार्यकाल दोहोर्‍याउने मनस्थिति बनाएकी छिन् ।

महासचिवमा शिव हमाल आकांक्षी छन् । शंकर बीसी र कुलेन्द्र विश्वकर्माले तृतीय उपाध्यक्षमा आउने चाहना व्यक्त गरेका छन् । तर कसैले पनि सार्वजनिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् ।

नयाँ संस्था खोल्ने तयारीमा रहेका गायक विष्णु खत्रीले अध्यक्षमा उम्मेदवारी दिने सम्भावना न्यून छ । उनी केही सातामै बम बहादुर कार्कीलाई अध्यक्षमा नियुक्त गर्दै नयाँ संस्था खोल्ने तयारीमा जुटेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४