Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवा-प्रचण्डद्दारा ओलीलाई एक्ल्याउने दाऊ


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 2.2K
    SHARES

काठमाडौँ । यही फागुन २५ गतेका लागि तय भएको राष्ट्रपति निर्वाचनको विषय लिएर सत्ता गठबन्धनभित्र शंका बढेको छ । राष्ट्रपतिमा दाउ छोप्ने प्रयासमा रहेको नेपाली कांग्रेस भने गठबन्धनभित्र अविश्वास बढ्दा चुनाव आफ्नो पक्षमा पार्ने आशामा रहेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटकपटक सहमतिमै नयाँ राष्ट्रपति चुनिने बताउँदै गर्दा सत्ता गठबन्धनमा रहेका दलबीच शंका बढ्दै गएको हो । नेपाली कांग्रेस भने प्रचण्डबाट सहमतिको नारा आउँदै गर्दा आशा जगाएरै बसिरहेको छ ।

राष्ट्रपति निर्वाचनमा सहयोग गर्न प्रचण्डसमक्ष नेपाली कांग्रेसले औपचारिकरुपमा प्रस्ताव गरेको छ । प्रधानमन्त्री प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरुबीच आइतबार राति बालुवाटारमा राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भयो । प्रधानमन्त्रीलाई भेट्न नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र नेता कृष्णप्रसाद सिटौला हिजो साँझ बालुवाटार गएका थिए ।

सो छलफलपछि सोमबार बिहान प्रधानमन्त्रीले राष्ट्रपतिमा नेपाली कांग्रेसले उठाएको उम्मेदवारमा सहमति हुने बताएका थिए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा बालुवाटार पुग्दा प्रचण्डले यसो भनेका हुन् । प्रधानमन्त्रीलाई उद्धृत स्रोतले भन्यो, नेपाली कांग्रेसलाई समेट्नुपर्ने बाध्यता छ । नेपाली कांग्रेसले उठाएको राष्ट्रपति उम्मेदवार नभई राष्ट्रिय सहमति हुन गार्‍हो छ । सत्ता गठबन्धन जोगाएर पनि नेपाली कांग्रेस सरकारमा ल्याउने मेरो पुरै कोसिस रहने छ । यसका लागि हिजो नेपाली कांग्रेसका साथीहरुरुसँग पनि छलफल भयो । मिलेर जानुपर्छ ।

पछिल्लो समय नेकपा एमालेभन्दा नेपाली कांग्रेससँग नजिकिएका “प्रचण्ड” पुरानै गठबन्धनको नेतृत्व गर्न सकारात्मक रहेका बताइन्छ । नेपाली कांग्रेसका  सभापति देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग समानान्तर छलफलमा रहेका “प्रचण्ड” राष्ट्रपतिमा नेपाली कांग्रेसलाई सघाएर नेकपा एमालेलाई एक्ल्याउने रणनीतिमा रहेको स्रोत बताउँछ । विशेषतः देउवाले थालेको पुरानै गठबन्धन ब्युँताउने प्रयासमा “प्रचण्ड” र नेपाल पनि अघोषित रूपमा सम्मिलित छन् । त्यसैले त शीर्ष नेताहरू नै राष्ट्रपति निर्वाचनमा गठबन्धन फेरिने अभिव्यक्ति दिँदै आएका छन् ।

संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस त झनै हौसिएको छ । गत २६ पुसमा प्रधानमन्त्रीमा प्रचण्ड”लाई विश्वासको मत दिएकाले राष्ट्रपतिमा आस राख्दै आइरहेको छ । त्यसयता नेकपा माओवादी केन्द्र  र नेपाली कांग्रेसको सम्बन्ध पनि सुमधुर छ । नेपाली कांग्रेसले प्रधानमन्त्रीमा प्रचण्डलाई विश्वासको मत दिएपछि नेकपा एमाले अध्यक्ष ओलीले नेपाली‘कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएर ढोक्सा थाप्न खोजेको हो भने नेपाली कांग्रेसको ढोक्सामा माछा नपर्ने’ टिप्पणी गरेका थिए ।

ओलीमा संशय

राष्ट्रपति निर्वाचनको विषयलाई लिएर नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच पनि पटक पटक छलफल भइरहेको छ । यी दुई नेता कहिले बालुवाटार त कहिले बालकोटमा छलफल गरिरहेका हुन्छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली संशयकाबीच प्रचण्डलाई भेट्दा प्रचण्ड भने ढुक्कताका साथ ओलीसँग भेट गरिरहेका हुन्छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता, कार्यकर्तामाझ पार्टीलाई एक्ल्याउने शक्तिहरूले षडयन्त्र गरिरहेको बताएका छन् । ‘विभिन्न राजनीतिक शक्तिहरू नेकपा एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । उनीहरू स्वच्छ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ, उनीहरू अस्वस्थ प्रतिस्पर्धाका अस्वस्थ तरिकाहरू, स्वस्थ विधिहरू अपनाउन सक्छन् । हामीले केही देखेका छौँ,’ उनले भनेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४