सुभास महत:
ललितपुर । गोदावरी नगरपालिका वडा न ५ र पशुसेवा शाखा गोदावरिको संयुक्त आयोजनामा नि: शुल्क एकदिने पशु स्वास्थ तथा बांझोपन निवारण शिबिर वडा को प्राङ्गणमा२०७९/११/०५ गते संचालन भएको थियो। उक्त शिबिरमा मुख्यतया परजीवि विरुद्धको औषधि नि: शुल्क वितरणको साथै , गोबर परिक्षण, पशु स्वास्थ परिक्षण, पशु बन्ध्याकरण,पशु गर्भ परिक्षण, कृतिम गर्भाधान सेवा,पशुमा बांझोपनको परिक्षण, रेविज खोप लगाएतका सेवाहरु प्रदान गरिएको थियो। करिब ३८२ घरधुरि कृषकले सो शिबिरबाट लाभ लिएका थिए।
जसमा ५0 घरधुरि रेडक्रस संग आवद्द कृषकले समेत उक्त शिबिरको लाभ लिने आवसर पाएको मा आयोजक टिमप्रति रेडक्रस कि निरुजा नगरकोटी वडा सामाजिक परिचालिकाले आभारी भएकि छिन्। कार्यक्रममा पशु सेवा शाखा गोदावरीका प्रमुख ईश्वर घिमिरे ” हामिले प्रदान गरेको सेवाहरुले कृषकलाई धेरै लाभ दिने र यसको परिणाम १५ दिन पछि देखिने हुंदा समय समयमा यस्ता कार्यक्रम हरु सन्चालन गरिरहनु पर्ने कुरालाई जोड दिनुका साथै यस्ता कार्यक्रमहरु संचालन गर्नको लागि प्राईभेट पारा भेटले अहम भुमिका का निर्वाह गरेको छ साथै आगामी दिनहरुमा पनि अझै धेरै सहयाेगकाे अपेक्षा गरिएकाे र आधुनिक र ब्यवसायीक पशुपालन गर्नुको लागी नगरपालिकाले पशु पालनकाे क्षेत्रमा नीति र कार्यक्रमहरु संचालन गरेर नेपाल जस्तो कृषि तथा पशुपालन प्रधान देशलाई आधुनिकिरणको माध्यम बाट अगाडि बढ्नको लागि राज्य स्तरबाट नै हेरिनु पर्ने जस्ता मन छुने कुराहरु राख्नु भयो ।
कार्यक्रम समय अनुकुल र कृषकको माग अनुरुप भव्यताको साथ सम्पन्न भएकोमा प्राविधिक टोलि, रेडक्रस , विभिन्न औषधी कम्पनी,वडाका जनप्रतिनिधि लगाएत सम्पूर्ण सहयोगी मनमुटुहरु प्रती उच्च सम्मान गर्दै कार्यक्रम सन्चालन गरेर भएका उपलब्धि बारे खुलेर प्रशंसा गर्न पछि परेर गोदावरी नगरपालिका वडा न, ५ का अध्यक्ष मिलन सिलवाल कृषकको उत्पादनमा वृद्दि, पशु स्वास्थ सेवा घरदैलोमा नै उपलब्ध भएको , गोवर परिक्षण, रेविज विरुद्ध को खोपको निशुल्क सेवा पाएको र भर्खरै सम्पन्न भेडा बाख्राको नि:शुल्क पि.पि.आर. भ्याक्सिनको खोपले समेत कृषकलाई कृषि पेशामा लाग्नको लागि थप उर्जा प्रदान गरेको कुरा पनि व्यक्त गरे ।
अरु वडा भन्दा आफ्नो वडालाई पृथक र नमुना वडा बनाउनको लागि किसानको हक हितको लागि सदैव लागि पर्ने कुरा पनि प्रस्ट पारे यसको लागी सबैको साथ र सहयोग अपरिहार्यता रहेको हुंदा सहकार्य र समन्वय रहेका क्षेत्रलाई अगाडि बढउन आफु हरहमेशा तत्पर रहेको सबै क्षेत्रको विकास गर्न, सबै क्षेत्रको उत्तिकै महत्त्वपूर्ण भुमिका रहेको हुने हुदा सबैको सहकार्यमा बढि जोड दिनु पर्ने कुरा गोदावरी नगरपालिकाको प्रबक्ता समेत रहेका सिल्वालले बताए। उक्त कार्यक्रम को आवश्यकताको महसुस पहिले देखि नै गरिएको यी यस्ता कार्यक्रम लाई विशेष प्राथमिकताका साथ कार्यान्वयन गर्न नगरपालिका सदैव लाग्ने कुरा नगरपालिका प्रमुख गजेन्द्र महर्जन ले बताएका छन । आफु स्वयं कार्यक्रममा उपस्थित हुन नसके पनि प्रबक्ता समेत रहेका वडा अध्यक्षको सक्रियतालाई प्रशंसा गर्दै “सबै क्षेत्रको विकासले मात्रै संवृद्द गोदावरी बनाउन सकिने ” गहन कुरा महर्जनले जन प्रहारलाई बताएका छन् ।