काठमाडौं । पशुपतिमा मन्दिर परिसरमा हरेक साँझ हुँदै आएको आरती भोलि (शनिबार) बाट बन्द हुने भएको छ ।
त्यसैगरी पशुपति क्षेत्रविकास कोषले कोरोना भाइरसको संक्रमणबाट बच्न २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरेको छ ।
सरकारको निर्देशनलाई पालना गर्दै आफन्त तथा शुभचिन्तकको मृत्युमा २५ जनाभन्दा धेरै मलामी नआउन आग्रह गरिएको कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए ।
“हामीले निर्देशन पालना गराउन अनुगमन टोली पनि गठन गरिसकेका छौं,” सदस्य सचिव ढकालले भने, “कडाइका साथ निर्देशन पालना गर्नेछौं ।”