Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेलिना राईको भ्यालेनटाइन गीत ‘मीठो साथ’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ २९ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । चर्चित गायिका मेलिना राईको आवाजमा ‘मीठो साथ’ गीत सार्वजनिक भएको छ ।

उमेश राउतको शब्द रहेको उक्त गीतमा मेलिनासँगै सुदिप लामाको आवाज रहेको छ । गीत उमेश राउतकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

भ्यालेनटाइन अर्थात् प्रणय सप्ताहको अवसर पारेर सार्वजनिक गरिएको गीतमा भर्खरै बस्न थालेको माया अनि त्यसले सिर्जना गरेको सुन्दर परिवेशलाई वर्णन गरिएको छ ।

रिदम कँडेलले सङ्गीत संयोजन गरेको गीत अकोस्टिक नेपालमा रेकर्ड गरिएको हो भने प्रकाश मिश्रले मिक्सिङ र मास्टरिङ गरेका हुन् ।

धनबहादुर तामाङ ‘सागर’ ले निर्देशन गरेको भिडियोमा काजल भुजेल र दिपेश तामाङले अभिनय गरेका छन् । देवेन्द्र कार्कीले छायांकन गरेको उक्त गीतको भिडियोलाई दिनेश मुस्कानले सम्पादन गरेका हुन् ।

यस अघि उमेशको ‘तिम्रो तस्बिर’, ‘भोगाइ जीवनको’ , ‘आमा’, ‘गुरु बन्धना’ लगायत गीत सार्वजनिक भइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४