Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एनएमबि बैंकले ल्यायो ‘इन्स्टा बाइ’ सेवा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २३ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा-इन्स्टा बाइ सर्वाजनिक गरेको छ ।

यो नयाँ सुविधाले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड खरिदहरूलाई व्यवस्थित मासिक भुक्तानीमा विभाजन गर्ने सुविधा प्रदान गर्ने बैंकले जनाएको छ ।

यो सुविधाको साथ, ग्राहकले आफ्नो खरिदहरू बराबर मासिक किस्तामा भुक्तान गर्न छनौट गर्न सक्ने र त्यो पनि न्युनतम ब्याजदरमा ।

इन्स्टा बाइमार्फत, अस्पतालको बिल, होटलको बिल, रेस्टुरेन्टको बिल र यस्तै, अन्य सेवाहरूको भुक्तानी पनि ईएमआई मा रूपान्तरण गर्न सकिने बैंले जनाएको छ ।

यो सुविधा ठूला खरिदहरूको लागि वा लामो अवधिमा आफ्नो खरिदहरूको लागत फैलाउन चाहने ग्राहकको लागि उत्कृष्ट विकल्प रहेको जनाएको छ ।

यो सुविधा प्रयोग गर्न, ग्राहकले बैंकको वेबसाइटमा लगइन गरि, प्रडक्ट एण्ड सर्भिसेस मा क्लिक गरी वैकल्पिक डेलिभरी च्यानल अन्तर्गत इन्स्टा बाइ चयन गरी आफ्नो खरिदको भुक्तानी गर्न चाहेको कुल महिनाको संख्यासहित विवरणहरू भर्नुपर्ने हुन्छ ।

यो नयाँ फिचरले ग्राहकलाई आफ्नो क्रेडिट कार्ड अनुभवमा अमूल्य सेवा थप्पिने विश्वास बैंकले लिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४