Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमतीमा संसदीय समिति गठन हुँदै


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २३ २०७९
  • 2.1K
    SHARES

मकवानपुर । बागमती प्रदेशमा संसदीय समिति गठन गरिने भएको छ । प्रदेशसभाको आज सोमबार बस्ने बैठकमा संसदीय समिति गठनको प्रक्रिया अघि बढाइने भएको हो । संसदीय समिति गठनका लागि आज दिउँसो १२ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

आइतबार प्रदेशसभा सचिवालयमा बसेको सर्वदलीय बैठकले समिति निर्माणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरे अनुसार आज समिति गठन हुने भएको हो । आइतबार बसेको प्रदेशसभा बैठकमा कार्य व्यवस्था परामर्श समिति समेत गठन गरिएको छ । प्रदेशसभाको काम कारबाही, बैठकको कार्यसूची तथा आवश्यकताका आधारमा सभामुखलाई सघाउन आइतबार बसेको प्रदेशसभाको बैठकले १६ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको हो ।

समितिमा नेपाली कांग्रेसका ४, नेकपा एमालेका ३, माओवादी केन्द्रका २ र अन्य दलबाट एक/एक जना सदस्य रहेका छन् । समितिको नेतृत्व सभामुख भुवनकुमार पाठकले गर्नेछन् भने उपसभामुख अप्सरा चापागाईं र प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठ प्रदेश सदस्य रहने छन् ।

कार्यव्यवस्था परामर्श समितिको सदस्यहरूमा एमालेबाट आनन्द कुमार श्रेष्ठ, मधुसूदन पौडेल, भारती पाठक माओवादी केन्द्रबाट रत्न ढकाल राधिका तामाङ, कांग्रेसबाट छिरिङ दोर्जे लामा, कन्दन राज काफ्ले, रामकृष्ण चित्रकार, हरिप्रभा खड्गी, एकीकृत समाजवादी पार्टीबाट ओम कुमारी श्रेष्ठ, हाम्रो नेपाली पार्टीबाट शैलेन्द्रमान बज्राचार्य र नेमकिपाबाट सुरेन्द्रराज गोर्साई रहेका छन् ।

आजको प्रदेशसभा बैठकले प्रदेशसभाका अन्य ५ वटा संसदीय समिति गठन गर्नेछ । प्रदेशसभामा प्रदेश मामिला, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति र उद्योग पर्यटन तथा वातावरण समिति रहेका छन् ।

बैठकले संसदीय समिति सोमबार गठन गरे लगत्तै संसदीय समितिको सभापतिको निर्वाचन कार्यक्रम पनि तय गरिने प्रदेशसभा सचिवालय हेटौँडाले जानकारी दिएको छ । प्रदेशसभाको ३ वटा संसदीय समितिमा १९ जना र २ वटा समितिमा २० जना सदस्य रहने छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४