काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले २ दिन संस्थागत गोष्ठी कार्यक्रम गर्ने भएको छ ।
राष्ट्रिय संगीतकर्मी संघमा आवद्ध कलाकारहरुको हक हितको निमित्त निरन्तर अगाडि बढी रहेको राष्ट्रिय संगीतकर्मी संघका बागमती प्रदेश अध्यक्ष दावा फिन्जो तामाङको भनाइ अनुसार हरेक संघका सदस्यहरुले संघ के हो ? संस्था के हो ? र संघ भित्र रहे पछि निभाउनु पर्ने महत्त्वपूर्ण भुमिका काम ,कर्तव्य के के हो ? भन्ने कुरा प्रष्ट पार्नको लागि गोष्ठी अनिवार्य ठानेको उनको भनाइ रहेको छ।
संघ सस्थामा जीवन जोडिए पछि इमान्दारी पुर्वक अगाडि बड्नुका साथै हजारौं कलाकारहरुको निमित्त सोच्नुपर्ने कुरा रहेको अध्यक्ष तामाङको भनाइ रहेको साथै बागमती प्रदेश भित्रका १३ जिल्लाका अध्यक्ष कोषाध्यक्ष सचिबको उपस्थित अनिवार्य र केन्द्रिय कार्य समितीका पदाधिकारीज्युहरु लगायत दोहोरी विशेष समिती र नृत्य विशेष समितीका पदाधिकारी ज्युहरुलाई समेत हार्दिक निमन्त्रणा गर्नु भएको जानकारी जन प्रहार डटकमलाई प्राप्त भएको छ।