काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सरकारबाट बाहिरिने सम्बन्धमा सरकारलाई दिएको दुईदिने अल्टिमेटमको समय घर्कँदै गर्दा सहमति जुट्न सकेको छैन । नागरिकताको विषयमा सर्वोच्च अदालतको फैसलापछि उपप्रधान तथा गृहमन्त्री गुमाएको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पुन सो पद आफ्नो पार्टीलाई दिनुपर्ने अन्यथा सरकारबाट बाहिरिने चेतावनी दिएको थियो । शुक्रबार पार्टीको बैठकले सरकार छोड्ने निर्णय गर्नै लाग्दा प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनको फोन आएपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केही निर्णय नगरी २ दिनका लागि पछि हटेको थियो ।
नेकपा माओवादी केन्द्रले गृहमन्त्री आफैले राख्ने पक्षमा रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”ले सरकारबाट बाहिरिने बताइरहेका बेला यता नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भने सरकार बनाउने बेलामा भएको सहमति पालना गर्नका लागि नेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई “आग्रह गरिरहेका छन् । शनिवार बिहान नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल”प्रचण्ड”बीच राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”लाई सहमतिमा ल्याउनेबारे बालुवाटारमा छलफल भएको थियो । बिहान दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सूर्यकिरणले जन प्रहारलाई बताएका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि प्रधानमन्त्री पुष्पकमल दहाल “प्रचण्ड”को पार्टीको स्थायी कमिटि बैठकका लागि पेरिसडाँडा पुगेका थिए । शनिवार अपराह्नसम्म पार्टी बैठकमा प्रचण्ड सहभागी रहेका थिए । शनिवार राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका विषयमा सत्ताघटक दलका प्रतिनिधिबीच छलफल हुनेसम्बन्धी कुनै कार्ययोजना नरहेको सुर्यकिरणले बताएका छन् । यता राष्ट्रिय स्वतन्त्र पार्टीले सर्वदलीय बैठकमा सहभागी भएर छलफल गर्ने जिम्मा पार्टी सभापति रवि लामिछानेलाई दिएको छ । शनिवार पार्टीका महामन्त्री मुकुल ढकाल, सहमहामन्त्री तथा केही सांसदहरु भने पार्टीको संगठनको कार्यक्रमका लागि पोखरामा व्यस्त थिए । पार्टी सभापति भने काठमाडौं मै रहेको र प्रधानमन्त्रीसँग छलफल हुने नहुनेबारेमा थाहा नभएको पार्टी प्रवक्ता ढकालका स्वकीय सचिव युवराज बाँनियाले बताएका छन् ।
सरकारको नेतृत्व गरेकाले काम गर्न सहजताका लागि गृहमन्त्री आफैले राख्नुपर्ने पार्टीभित्रबाट प्रचण्ड”लाई दवाव छ भने सत्ता घटक दल राप्रपा,नेकपा एमाले र रास्वपाले भने गृहमन्त्रालय नेकपा माओवादी केन्द्रले राख्ने कुरामा सहमत छैनन् । नेकपा एमालेले गृहमन्त्रालय रास्वपालाई नै दिनुपर्ने,मन्त्रीको बनाउने सो दललाई नै निर्णय गर्न छोडिदिनुपर्ने बताउँदै आएको छ । २ दिनअघि बिराटनगर विमानस्थलबाट काठमाडौं आउनेक्रममा पनि नेकपा एमालेका अध्यक्ष ओलीले सरकार गठनका बेला गृहमन्त्री रास्वपाको भागमा परेको बताउँदै सो पद सोही दललाई दिनुपर्ने र त्यसका लागि अदालतको फैसलाको पूर्णपाठ आवश्यक नरहेको टिप्पणी गरेका थिए ।
नेकपा माओवादी केन्द्रमा भने सरकारलाई नेपाली कांग्रेसले समेत समर्थन गरेकोले गृहमन्त्रालय रास्वपालाई दिन नहुनेमा बलियो मत रहेको छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपनि केही फरक नपर्ने नेकपा माओवादी केन्द्रका नेताहरुले बताउँदै आएका छन् । यता सरकारमा गइसकेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा”लाई बाँकी एक राज्यमन्त्री सहित अन्य २ विभागीय मन्त्रीलाई फिर्ता बोलाएर सरकारलाई दिएको समर्थन फिर्ता लिन सकस परेको छ ।