Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बर्दियामा शेखर–गगन पक्षको नेविसंघमा छुट्टै अध्यक्ष चयन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ २१ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । नेपाल विद्यार्थी संघको शेखर–गगन पक्षधरले बर्दियामा जिल्ला अध्यक्ष तोकेको छ । संघका अध्यक्ष दुजाङ शेर्पाले संस्थापनबाट जिल्ला अध्यक्ष तोक्न लागेपछि त्यसभन्दा अघि नै इतर पक्षले अर्को व्यक्ति चयन गरेको छ ।

शेखर गगन पक्षले नेविसंघको बर्दिया जिल्ला अध्यक्षमा नगेन्द्र हमाललाई तोकेको छ ।

संस्थापन पक्षले गरेका निर्णय विरुद्ध समानान्तर समिति बनाउने क्रम शेखर–गगन पक्षले सुरु गरेको छ । अध्यक्ष शेर्पाले आफूखुसी चयन गरिएको जिल्ला समितिलाई मान्यता नदिने बताएका छन् । ‘कसैलाई बनाइदिएर हुने भए राष्ट्रपति/प्रधानमन्त्री पनि उनीहरुले तोके भयो नि,’ शेर्पाले भने, ‘बर्दियामा तोकिएको जिल्ला अध्यक्षले संघको मान्यता पाउँदैनन् ।

जिल्ला र क्याम्पस संयोजकमा अध्यक्ष शेर्पाले एकलौटी निर्णय गरेको भन्दै अर्को पक्ष विरोधमा उत्रिएको छ । हालसम्म ३३ जिल्ला र ५२ क्याम्पसमा नयाँ कार्यसमिति बनेको शेर्पाले जानकारी दिएका छन्  । संस्थापन पक्षले एकतर्फी गरेको निर्णयलाई अस्वीकार गर्ने शेखर–गगन पक्षका विद्यार्थी नेताहरुले बताएका छन् ।

समानान्तर गतिविधि सुरु गरेको शेखर–गगन पक्षले रुपन्देहीमा छुट्टै कार्यसमिति बनाएको छ । आसन्न स्ववियु निर्वाचनका लागि १३ वटा समितिको संयोजक समेत उक्त पक्षले शुक्रबार चयन गरेको छ ।

नेपाल विद्यार्थी संघ नेपाली कांग्रेस शेखर-गगन समूह

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४