Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बन्द प्रशिक्षणका लागि सन्दिपसहितको टिम घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १९ २०७९
  • 2K
    SHARES

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले बन्द प्रशिक्षणका लागि बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेसहितको टिम घोषणा गरेको छ ।

यसअघिको २८ सदस्यीय टोलीबाट १० जना कटौती गर्दै सन्दीप लामिछाने र प्रतिश जिसीलाई थपेर २० सदस्यीय टिम घोषणा गरिएको हो ।

बलात्कार अभियोगपछि साढे तीन महिना निलम्बनमा परेर फुकुवा भएका पूर्व कप्तान लामिछानेलाई क्यानले बन्द प्रशिक्षणका लागि राष्ट्रिय क्रिकेट टिममा समावेश गरेको हो । नाबालिगलाई बलात्कार गरेको आरोप लागेका सन्दीप उच्च अदालत पाटनको आदेशबाट धरौटीमा छुटेका हुन् ।

आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत स्कटल्याण्ड र नामिबिया विरुद्ध हुने शृंखलाका लागि यसअघि नेपाल क्रिकेट संघ क्यानले पहिलो चरणको बन्द प्रशिक्षणमा २८ खेलाडी बोलाएको थियो ।

त्यसबेला सन्दीप र प्रतिश थिएनन् । दोस्रो चरणमा कूल २० खेलाडी राख्दा २ नयाँ खेलाडी थपिए भने पहिलो चरणबाट १० खेलाडी बाहिरिएका छन् ।

दोस्रो चरणमा सन्दीप र प्रतिशसँगै कप्तान रोहित पौडेल कुशल भुर्तेल आसिफ शेख ज्ञानेन्द्र मल्ल कुशल मल्ल आरिफ शेख दीपेन्द्र सिंह ऐरी गुलशन झा करण केसी सन्दीप लामिछाने ललित राजवंशी सन्दीप जोरा भिम शार्की कमल सिंह ऐरी किशोर महतो मौसम ढकाल सूर्य तामाङ सोमपाल कामी र अर्जुन साउद छन् ।

शरद भेषावकर, विनोद भण्डारी, सिद्धान्त लोहनी, अभिनाश बोहरा, विवेक यादव, अनिल साह, विक्रम सोब, भुवन कार्की, अंकित सुवेदी र सागर ढकाल बाहिरिएका छन् ।

नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नामिविया र स्कटल्याण्डसँग त्रिकोणात्मक शृंखला खेल्दैछ । यो शृंखला फागुन २ गतेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४