Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘पठान’ ले ६ दिनमा कमायो ६ सय करोड


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 3K
    SHARES

एजेन्सी । भारतीय अभिनेता शाहरुख खान र अभिनेत्री दिपिका पादुकोण अभिनित फिल्म ‘पठान’ ले प्रर्दशन भएको ६ दिनमा ६ सय करोड भारतीय रुपैयाँ कमाएको छ ।

फिल्मले दिनमा १ करोड कमाएर बक्स अफिसमा दिनहुँ नयाँ नयाँ रेकर्ड बनाइरहेको छ ।

‘पठान’ ले ६ दिनमा विश्वभर ६ सय करोडभन्दा बढी भारतीय रुपैयाँ कलेक्सन गरेको छ । जबकि भारतमा मात्रै फिल्मले ३ सय ३ कराेड नेट भारू कमाएको छ । तरण आदर्शको ट्वीटका अनुसार फिल्मले सोमबार हिन्दीमा २५ करोड भारतीय रुपैयाँ कलेक्सन गरेको छ । जहाँ तमिल र तेलुगुमा फिल्मले ३० जनवरीमा १ करोड भारु कमाएको छ ।

आइतबारको तुलनामा सोमबार फिल्मको कमाई घटेको थियाे । तर, साेमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलन कार्यक्रमले पुन: फिल्मले राम्रो प्रदर्शन गरेकाे छ । साेमबार फिल्मले करिब कुल ६० करोडको व्यापार गरेको थियो ।

‘पठान’ को अहिलेसम्मको कलेक्शनको कुरा गर्दा हिन्दीमा फिल्मले बुधबार ५८ करोड, बिहीबार ६८ करोड, शुक्रबार ३८ करोड, शनिबार ५१ करोड ५० लाख, आइतबार ५८ करोड ५० लाख र सोमबार २५ करोड ५० लाख कलेक्सन गरेको छ । हिन्दीमा नै फिल्मले अहिलेसम्म २९६ करोड कमाइसकेको छ ।

यो साताको अन्त्यसम्ममा फिल्मले विश्वभर १ हजार करोडको आँकडा पार गर्न सक्ने फिल्मको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४