Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

परराष्ट्रमन्त्री पौड्याल श्रीलङ्का जाँदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, माघ १७ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्याल बिहीबार श्रीलङ्का जानु हुने कार्यक्रम तय भएको छ ।

श्रीलङ्काको ७५ औं स्वतन्त्रता दिवसमा सहभागी हुन परराष्ट्रमन्त्री पौड्याल माघ १९ गते बिहीबार श्रीलङ्का जान लाग्नु भएको हो । परराष्ट्रमन्त्रीको श्रीलङ्का भ्रमणलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ ।

परराष्ट्रमन्त्री हुनु भएपछि पौड्यालको यो पहिलो विदेश भ्रमण हो । भ्रमणका दौरान मन्त्री पौड्यालले उच्चस्तरीय द्विपक्षीय राजनीतिक भेटवार्ता गर्नु हुनेछ । उहाँले श्रीलङ्काका राष्ट्रपति, प्रधानमन्त्री र विदेशमन्त्री, भारत र माल्दिभ्सका विदेश मन्त्रीलगायतसँग उच्चस्तरीय द्विपक्षीय भेटवार्ता गर्नुहुने बताइएको छ ।

श्रीलङ्काको स्वतन्त्रता दिवस फेब्रुअरी ४ (माघ २१) मा रहेको छ । श्रीलङ्का ७५ वर्षअघि बेलायतको उपनिवेशबाट स्वतन्त्र भएको थियो ।

श्रीलङ्काका राष्ट्रपति रणिल विक्रमासिङ्घेले माघ २० र २१ गते (फेब्रुअरी ३ र ४ तारिख) मा हुने विशेष समारोहमा दक्षिण एसियाली मुलुकका विदेश मन्त्री र अन्य विशिष्ट पाहुनालाई निमन्त्रणा गर्नु भएको थियो ।

दक्षिण एसियाली मुलुक श्रीलङ्काले आर्थिक सङ्कटका बाबजुद यसपटक विशेष रूपमा अन्तर्राष्ट्रिय पाहुनाहरू बोलाएर आफ्नो स्वतन्त्रता दिवस मनाउन लागेको छ ।

भ्रमण सकेर मन्त्री पौड्याल आइतबार स्वदेश फर्किनु हुने कार्यक्रम छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४