Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फिल्म ‘रामायण’मा केजीएफ स्टार यश अनुबन्धित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ १६ २०७९
  • 3.2K
    SHARES

एजेन्सी । दक्षिण भारतीय अभिनेता यश फिल्म ‘रामायण’मा रावणरावणको भूमिकामा अनुबन्धित भएका छन् ।

निर्माता नितेश तिवारी केही दिनयता रामायणमा आधारित पौराणिक फिल्म बनाउने तयारीमा छन् । स्क्रिप्ट तयार भइसकेको छ । जसमा रावणको भूमिकाका लागि ऋतिक रोशनलाई प्रस्ताव गरिएको थियाे । तर, पछिल्लो खबर अनुसार यसमा ऋतिक नभई यशले रावणको भूमिका निर्वाह गर्ने छन् ।

भारतीय सञ्चार माध्यामहरूका अनुसार ऋतिकले रामायणमा बन्ने फिल्मको प्रस्तावलाई अस्वीकार गरेका छन् । उनी अब नकारात्मक भूमिकामा खेल्न चाहँदैनन् । यसअघि रिलिज भएको फिल्म ‘विक्रम वेधा’ मा पनि ऋतिकले नकारात्मक भूमिका खेलेका थिए ।

ऋतिकले प्रस्ताव अस्वीकार गरेपछि तिवारी र निर्माता मधु मन्टेनाले ‘केजीएफ’ स्टार यशलाई रावणको भूमिकाको लागि प्रस्ताव गरेका छन् ।

तिवारी र मधुले सन् २०१९ मा रामायणमाथि फिल्म बन्ने औपचारिक घोषणा गरेका थिए । कास्टिङ फाइनल भएपछि फिल्मकाे छायांकन यसै वर्षको मे अथवा जुन महिनामा सुरु हुने छ ।

हाल निर्देशक तिवारी फिल्म ‘बवल’ को सुटिङमा व्यस्त छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४