Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उर्वशीले लिइन् तीन मिनेटको आइटम गीतका लागि २ करोड पारिश्रमिक


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, माघ १५ २०७९
  • 2.1K
    SHARES

एजेन्सी । भारतीय अभिनेत्री उर्वशी रौतेलाले जनवरी १३ मा प्रदर्शनी भएको चिरञ्जीवीको फिल्म ‘वाल्टेयर वीरैया’ मा आइटम गीत गरेबापत करोडौं पारिश्रमिक लिएकी छिन् ।

उनले तीन मिनेटको गीत ‘बस पार्टी’ मा नाच्नका लागि २ करोड भारतीय रूपैयाँ पारिश्रमिक लिएकी हुन् ।

दक्षिण भारतीय अभिनेता चिरञ्जीवी र उर्वशीको अभिनय रहेको यो भिडियो गीतले राम्रो चर्चा पाइरहेको छ भने, फिल्मको कमाई पनि उत्कृष्ट रहेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड कलेक्सन गरिसकेको छ ।

भारतीय सञ्चार माध्यमका अनुसार चिरञ्जीवीले फिल्म ‘वालटेयर वीरैया’ मा काम गरेबापत करिब ५० करोड भारतीय रुपैयाँ लिएका छन् । फिल्मका खलनायक प्रकाश राजले भने उर्वशीले जति शुल्क पनि लिएका छैनन् । प्रकाश राजले भिलेनको भूमिका निभाउन १.५ करोड भारु पारिश्रमिक लिएका छन् । फिल्मका अर्का मुख्य कलाकार रवि तेजाले १७ करोड पारिश्रमिक लिएका छन् ।

फिल्मकी अभिनेत्री श्रुति हासनले २.५ करोड भारु पारिश्रमिक लिएकी छिन् । ‘वाल्टेयर वीरैया’ एक एक्सन ड्रामा फिल्म हो । फिल्ममा चिरञ्जीवी डनको भूमिकामा छन् भने रवि तेजाले एसीपी विक्रम सागरको भूमिका निभाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४