Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अमेरिकामा प्रहरीले एक अश्वेत नागरिकलाई हत्या गरेको भिडियो सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, माघ १४ २०७९
  • 1.2K
    SHARES

काठमाडौं । अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको खुलेको छ ।

जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेको थियो । अन्तत: प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको छ । भिडियोहरूमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । लात्ताले हान्ने, बन्दुकको कुन्दाले पिट्ने र निर्मतापूर्वक यातना दिएको भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध प्रदर्शन भइरहेको छ ।

जनवरी ७ मा प्रहरीले टायर निकोलस नामका २९ वर्षीय युवकलाई तीव्र गतिमा गाडी चलाएको आरोपमा पक्राउ गरेको थियो । पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो । यस घटनामा पाँच प्रहरीलाई हत्याको आरोप लागेको छ ।

शुक्रबार सार्वजनिक भिडियोमा प्रहरीले निकोलसलाई ट्राफिक स्टपमा रोकेर निर्ममतापूर्वक कुटेको देखिन्छ । प्रहरीबाट भाग्ने प्रयास गरेका उनलाई प्रहरीले पक्राउपछि कुटपिट गरेको देखिन्छ । भिडियोमा उनी धेरै पटक आमा–आमा चिच्याएको सुनिन्छ । ‘म घर जान चाहन्छु’ भन्दै उनले गरेको बिन्तीलाई बेवास्ता गर्दै निर्घात कुटपिट गरेको देखिन्छ ।

प्रहरीले सार्वजनिक गरेको पहिलो भिडियोमा उनलाई प्रहरीले भुइँमा सुत्न भन्छ । जवाफमा निकोलसले ‘मैले केही गरेको छैन’ भन्छन् । अर्को प्रहरीले चुपचाप हात पछाडि गर्न आदेश दिएपछि उनले ‘तपाईंहरू अति गर्दै हुनुहुन्छ, म घर जाँदैछु’ भन्छन् । निकोलसको कुरा नसकिंदै उनीमाथि प्रहरीले बन्दुकको कुन्दाले आक्रमण गर्छन् ।

दोस्रो भिडियोमा उनलाई दुईजना प्रहरीले समातेको र तीन प्रहरीले कुटपिट गरिरहेको देखिन्छ । तेस्रो र चौथो भिडियोमा प्रहरीले चरम यातना दिएको र उनी ‘आमा आमा’ भनेर चिच्याइरहेको सुनिन्छ ।

प्रहरीले भने निकोलसले बन्दुक खोस्न लागेपछि कुटपिट गरेको भनेको छ । तर, प्रहरीले नै सार्वजनिक गरेको भिडियोमा यस्तो देखिंदैन ।

निकोलस ४ वर्षीय बच्चाका पिता हुन् । उनी सूर्यास्तको फोटो खिच्न घरबाट निस्किएका थिए । उनको प्रहरीले अश्वेत भएकै कारण अमानवीय हत्या गरिएको आरोप लगाएका छन् । ‘हाम्रो सन्तान कालो नभएको भए प्रहरीले यसरी कुटेर हत्या गर्ने थिएन,’ उनको परिवारको तर्क छ । यद्यपि, निकोलसको हत्या आरोप लागेका पाँचै प्रहरी अश्वेत हुन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले टायर निकोलसको घटनाबाट आफू निकै दुखी भएको बताएका छन्। उनले यस विषयमा गम्भीरतापूर्वक अनुसन्धान गर्न निर्देशन पनि दिएका छन् ।

निकोल्सको मृत्युलाई लिएर अमेरिकाभर प्रदर्शन भइरहेको छ । कतिपय प्रदर्शनकारीले मेम्फिसमा सडक अवरुद्ध गरेका छन् । कतिपय प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । परिवारका सदस्यहरूका अनुसार टायर निकलस आफ्नो घरबाट स्थानीय पार्कमा सूर्यास्तको फोटो खिच्न गएका थिए।

उक्त घटनाको छानबिन गर्न बनेको समितिले नागरिकलाई यसरी कुटपिट गर्नु जायज नभएको बताएको छ । प्रहरी प्रशिक्षण विशेषज्ञ एड ओबायाशीले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै भनेका छन्, ‘मैले चलचित्रमा बाहेक आफ्नो सम्पूर्ण करियरमा यो कहिल्यै देखेको थिइनँ ।

घटनामा संलग्न प्रहरीहरू सन् २०१७ मा मेम्फिस प्रहरी विभागको सडक अपराध न्यूनीकरण गर्ने युनिटमा भर्ती भएका थिए । अहिले पाँचै प्रहरीलाई बर्खास्त गरिएको छ । उनीहरुविरुद्ध ज्यान मार्ने मुद्दा पनि दर्ता भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४