Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सहमतिअनुसार मधेशमा पनि जनमत पार्टीले पाएन मन्त्रालय


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ १२ २०७९
  • 2.5K
    SHARES

काठमाडौँ । मधेश प्रदेशमा पनि सहमतिअनुसार जनमत पार्टीले मन्त्रालय पाएकाे छैन । चाहेको मन्त्रालय नपाएपछि जनमत पार्टीले विरोध जनाएको छ ।

जनता समाजवादी पार्टीका नेता मुख्यमन्त्री सरोजकुमार यादवले जनमत पार्टीका बसन्त कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिएपछि उहाँले अस्वीकार गर्नु भएकाे छ ।

यसअघि जसमा जसपाका सञ्जय यादवले अर्थ, नेकपा एमालेका सरोजकुमार यादवले भौतिक पूर्वाधार मन्त्री र जनमतका बसन्त कुशवाहलाई सामाजिक विकास मन्त्रालय लिने सहमति बनेको थियो ।

तर, बिहीबार प्रदेश प्रमुख कार्यालयले सरकारको सिफारिसमा गरेको मन्त्रीहरुको कार्यविभाजन सम्बन्धी पत्रमा जनमतका मन्त्री कुशवाहलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय दिएको उल्लेख छ ।

केन्द्र सरकारमा पनि जनमत पार्टीका अब्दुल खानलाई उद्योग मन्त्रालय दिने सहमति भएपनि मन्त्रिपरिषद विस्तारका क्रममा खानेपानी मन्त्रालय दिइएको थियो । एक हप्तासम्म उक्त मन्त्रालय नलिएका खानले बुधबार भने कार्यभार सम्हालेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४