Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

बागमती प्रदेश सभामा सभामुखको मनोनयन आज


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, पुष २८ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । बागमती प्रदेशसभामा बिहीबार प्रदेश सभाको सभामुखका लागि मनोनयन दर्ता हुने भएको छ ।

प्रदेश सभा सचिवालयले निर्वाचन प्रयोजनका लागि जारी गरेको सूचनाअनुसार बिहीबार बिहान साढे १० देखि दिउँसो २ बजेसम्म सभामुखका लागि मनोनयन दर्ता गर्ने समय दिइएको छ ।

पुस १८ गते सोमबार बसेको सर्वदलीय बैठकले सभामुखको निर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता गर्ने निर्णय गरेको थियो ।

सभामुखको निर्वाचनको प्रक्रिया पुस २७ गते नै सुरु गर्ने निर्णय गरे पनि त्यसलाई संशोधन गरी एक दिन पछि सारिएको थियो ।

सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमति भएको थियो । राप्रपाले बुधबार पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।

सभामुख चयनका लागि शुक्रबार निर्वाचन हुनेछ । नेपालको संविधानको धारा १८२ को उपधारा १ बमोजिम प्रदेशसभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र प्रदेशसभाका सदस्यमध्येबाट सभामुख निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

प्रदेशसभा नियमावली २०७४ मा पहिले सभामुखको निर्वाचन गरिसकेपछि मात्रै उपसभामुखको निर्वाचन गर्नुपर्ने व्यवस्था छ ।

बागमती प्रदेश सभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राप्रपाका १३, नेकपा एकीकृत समाजवादीका सात, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीका २ गरी ११० जना सांसद छन् । केन्द्रको गठबन्धनअनुसार बागमती प्रदेशमा एमाले, माओवादी केन्द्र र राप्रपाको समीकरण छ । मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई केन्द्रको समीकरणभन्दा बाहिर रहेका नेकपा एकिकृत समाजवादी र हाम्रो नेपाली पार्टीले पनि सर्मथन गरेका थिए ।

सभामुख निर्वाचित हुन ५१ प्रतिशत मत पाउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४