Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कांग्रेसले एमाले-माओवादी गठबन्धन भत्काउन प्रयास नगर्ने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, पुष २२ २०७९
  • 5.1K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरुले एमाले र माओवादीको समीकरण भत्काउने प्रयास नगर्ने प्रष्ट पारेका छन् ।

बरु पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएर प्रतिपक्षमा बसे के हुन्छ भनेर छलफल थालेका छन् ।

सभापति शेरबहादुर देउवाले शुक्रबार अपराह्न दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग संयुक्त भेट गरेका थिए । आफ्नै निवास, धुम्बाराहीमा भएको छलफलमा सभापति देउवाले पाँचदलीय गठबन्धन कसरी भत्कियो भनेर ब्रिफिङ गरेका थिए ।

स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओली धोका दिएको देउवाको निष्कर्ष थियो । महामन्त्री गगन र विश्वप्रकाशले भने सरकार गठनका लागि भएको वार्ता सम्वादमा आफूहरुलाई सहभागी नगराएकोमा असन्तुष्टि जनाएका थिए ।

भेटपछि महामन्त्री शर्माले सञ्चारकर्मीहरुसँग भने,अन्तिम समयमा हाम्रो तर्फबाट पर्याप्त हस्तक्षेप हुनसकेन भनेर हामी पनि आत्मालोचित हौंला । तर पनि दुर्घटना नभएर सेफ ल्याण्डिङ भयो, पाइलटको प्रसंशा हुन्छ, दुर्घटना भइहाल्यो भने कोपाइलटलाई दोष लगाउन थालियो भने त्यो पनि राम्रो हुँदैन ।’

कांग्रेस शीर्ष नेताहरुबीच भोलि बस्ने संसदीय दलको बैठकका एजेण्डा र अब कसरी जाने भनेर छलफल भएको छ । त्यसक्रममा पदाधिकारीहरुले सभापति देउवालाई एमाले माओवादीको सत्ता गठबन्धन भत्काउन पहल गरेको हो भनेर सोधेका थिए ।

संस्थापन पक्षका केही नेताले एमाले–माओवादी इतरको गठन्बन्धन बन्न सक्ने भन्दै दौडधुप गरेका छन् । पहिले प्रचण्डलाई विश्वासको मत पुग्न नदिने, त्यसपछि राप्रपालाई प्रधानमन्त्री दिएर भए पनि नयाँ गठबन्धन बनाउने उनीहरुको तर्क छ । कांग्रेस सभापति देउवाले पनि जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग बिहीबार र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग शुक्रबार भेटवार्ता गरेका थिए ।

तर देउवाले सत्ता समीकरण बनाउन प्रयास नभएको स्पष्ट पारेको नेताहरु बताउँछन् । एक पदाधिकारी भन्छन्, ‘सभापति अनभिज्ञ हुनुहुँदोरहेछ । बरु हो र भन्नुभयो ।

महामन्त्री शर्माले पनि कांग्रेसले सत्ता समीकरण भत्काउन प्रयास नगरेको प्रष्ट पारेका छन् । ‘पार्टीको कुनै साथीले चोकमा चिया पिउँदै गर्दा कसैलाई केही भन्यो भने त्यो अलग कुरा हो,’ महामन्त्री शर्माले सञ्चारकर्मीहरुसँग भनेका छन्, ‘संस्थागत रुपमा सभापति, उपसभापति, महामन्त्रीको तहबाट कोही कसैलाई अगाडि लाग है पनि भनिएको छैन । हामी नजाने गाउँको बाटो सोध्दैनौं ।’

बरु शीर्ष नेताहरुबीच प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिँदा के हुन्छ भनेर छलफल गरेका छन् । एक पदाधिकारी भन्छन्, ‘विश्वासको मत दिनु ठीक हो कि बेठिक ? विश्वासको मत दिएर प्रतिपक्षमा बस्न मिल्छ कि मिल्दैन ? भनेर छलफल भएको छ । यसबारे भोलि नै कुनै निर्णयमा पुग्ने सम्भावना छैन ।’

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभाको २६ गते बस्ने बैठकमा विश्वासको मत माग्दै छन् । २७५ सदस्यीय प्रतिनिधिसभा १३८ सांसदले मत दिए प्रचण्डले विश्वासको मत पाउने छन् । कांग्रेस नेताहरुका अनुसार त्यही दिन बिहान संसदीय दलको बैठक बसेर मात्र विश्वासको मत दिने नदिने निर्णय हुनसक्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४