Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लुम्बिनीले फेरि हरायो काठमाडौंलाई


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष २० २०७९
  • 3.7K
    SHARES

काठमाडौं । काठमाडौंमा जारी पहिलो संस्करणको नेपाल टी–ट्वान्टी लिगमा लुम्बिनी अल स्टारले काठमाडौं नाईट्सलाई फेरि हराएको छ ।

बुधबार भएको खेलमा लुम्बिनीले काठमाडौंलाई १०२ रनले हराएको हो । यही संस्करणको पहिलो भेटमा लुम्बिनीले काठमाडौंलाई ३५ रनले हराएको थियो ।

बुधबारको १७ ओभरमा छोट्याईएको थियो ।

जितको लागि १८४ रनको विजयी लक्ष्य पछ्याएको काठमाडौं नाइट्स १५.४ ओभरमा अलआउट भएर ८१ रन मात्र बनायो ।

काठमाडौंका लागि बसिर अहमदले २२, कमलसिंह ऐरीले १६ तथा कप्तान ज्ञानेन्द्र मल्ल र लोकेश बमले समान १५/१५ रन बनाए । अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका लागि ह्यारी टेक्टर, कुशल भुर्तेल र इशान पाण्डेले समान २/२ तथा किशोर महतो, विपुल शर्मा र हरमीत सिंहले एक/एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले १७ ओभरमा ६ विकेट गुमाएर १८३ रन बनायो ।

लुम्बिनीका लागि हरमित सिंहले ७०, लाहिरु मिलान्थाले २६, गुलसन झाले २१, ह्यारी टेक्टरले १७, अनिल शाहले अविजित १६ तथा कुशल भुर्तेलले १५ रन बनाए ।

काठमाडौंका लागि अभिनास बोहोराले ३, बसिर अहमदले २ तथा अनिल खरेलले एक विकेट लिए ।

लुम्बिनी अलस्टार्स ९ खेलमा ८ जित सहित १६ अंकसहित शिर्ष स्थानमा रहेको छ । यस जितसँगै लुम्बिनीले शीर्ष २ मा रहँदै क्यालिफायर्समा प्रवेश गरेको छ । काठमाडौंको ८ खेलमा समान ४ जित र ४ हारसहित ८ अंक जोडेर तेस्रो स्थानमा यथावत् छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४