Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नागरिकका सुझावहरु संसदमा सम्बोधन हुनुपर्छ : ओनसरी घर्ती


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, पुष १९ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)की नेतृ एवं प्रतिनिधि सभाकी पूर्व सभामुख ओनसरी घर्तीले संघीय कानून निर्माण हुन नसक्दा प्रदेश र स्थानीय सरकारलाई समस्या परिरहेको भन्दै कानून निर्माणमा पहिलो प्राथमिकता दिनुपर्ने बताउनुभएको छ ।

मंगलबार स्पिकर्स फोरम नेपालले काठमाडौंमा आयोजना गरेको प्रदेश सभाको आगामी कार्यभार र स्पिकर्स फोरम नेपालको दायित्व विषयक अन्तरक्रियामा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।

नेतृ घर्तीले संघीय शासनप्रणालीको दोस्रो कार्यकाल सुरु भइसक्दा समेत संघमा आवश्यक कानून निर्माण हुन नसकेकाले आम सर्वसाधारणहरुलेसमेत समस्या व्यहोरिरहेको बताउनुभयो । उहाँले संघीय कानून बनिसकेपछि मात्रै प्रदेश सभाको प्रभावकारिता बढ्ने बताउनुभयो ।

पूर्व सभामुख घर्तीले जनताले आफ्ना जनप्रतिनिधिहरुले संसदमा गरिरहेका कार्यहरु हेर्न पाउनुपर्ने बताउनुभयो । उहाँले जनता र जनप्रतिनिधिबीचको सम्बन्ध ५ वर्षमा घोट माग्न जानेकुरामा मात्रै सिमित हुनु नहुने बताउनुभयो । उहाँले संसदमा जनगुनासाहरुको सम्बोधन हुनुपर्ने पनि बताउनुभयो । उहाँले जनप्रतिनिधिहरुले पद पाएपछि जनतासँग गरेका वाचाहरु भुल्नसक्ने भन्दै जनताले आफ्ना जनप्रतिनिधिहरुलाई झक्झकाइरहनुपर्ने बताउनुभयो ।

पूर्व सभामुख घर्तीले नेपालमा सुशासनको समस्या बढीरहेको बताउनुभयो । उहाँले जनताले गर्नै नसकिने काम गर्न नलगाएको भन्दै जनताले चाहेका काम सांसदले पूरा गर्नुपर्ने बताउनुभयो । उहाँले जनताको काम गर्न र संसदका गतिविधिहरुलाई पारदर्शी बनाउन संघ र प्रदेशले प्रभावकारी भूमिका खेल्नु पर्ने बताउनुभयो । उहाँले पछिल्लो समय भ्रष्टाचार बढीरहेको भन्दै सरकारको हरेक निकायहरु नै भ्रष्टाचारको संस्कार सिकिसकेको उल्लेख गर्नुभयो । उहाँले भ्रष्टाचार नियन्त्रणका लागि नयाँ सांसदहरुलाई ठूलो चुनौति रहेको बताउनु भयो । नेपालमा भएको पैसा पनि खर्च हुन नसकेको भन्दै गुनासो गर्नुभयो ।

पूर्व सभामुख घर्तीले सांसदको काम र भुमिकाबारे जनतामा चेतना फैल्याउन आवश्यक रहेको पनि बताउनुभयो । उहाँले कानून निर्माणका बारेमा विभिन्न स्तरका बैठक र छलफलहरु हुनुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४