Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीको स्थायी समिति बैठक आज पनि बस्दै


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १७ २०७९
  • 2.1K
    SHARES

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को स्थायी समिति बैठक आइतबार पनि बस्ने भएको छ । शनिबार केही नेताहरूले बोल्न बाँकी रहेपछि आइतबार पनि बैठक बस्ने भएको हो ।

शनिबार १८ जना नेताहरूले समसामयिक राजनीति र अब के गर्ने भन्नेबारे धारणा राखेका थिए ।

बैठकमा वर्तमान सरकारलाई हेर्ने दृष्टिकोण, आगामी दिनका लागि रणनीति तथा संगठन निर्माणका कार्ययोजना, बामपन्थी एकतासँग सम्बन्धित विषयमा विभिन्न कोणबाट छलफल गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताउनुभयो ।

नेकपा (एमाले) सँग एकता गर्ने विषयमा नेताहरुबीच मत भिन्नता देखिएको छ ।

गत मंसिरमा भएको निर्वाचनमा एकीकृत समाजवादीले प्रतिनिधि सभामा १० सिट जिते पनि राष्ट्रिय पार्टी बन्न सकेन । एकीकृत समाजवादीका केही नेताहरू अब एमालेमै फर्किनुपर्ने बताउँदै एमालेका नेताहरूसँग संवादमा समेत रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४