Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको काेइराला पक्षकाे आराेप


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष १३ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टी सभापति शेरबहादुर देउवाको सत्ता लिप्साका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको छ ।

आज बुधबार बिहान संस्थापन इतरका नेता डा. शेखर कोइरालाको सचिवालय विशाल बजारमा बसेको इतरसमूहको बैठकले पार्टीसभापतिका कारण गठबन्धन टुटेको निष्कर्ष निकालेको हो । बैठकमा संसदीय दलको निर्वाचनदेखि सत्ता बहिर्गमनसम्मको घटनामा नेताहरुले आ–आफना दृष्टिकोणहरू राख्नुभएको थियो । बैठकले गठबन्धन भत्किएपछि उत्पन्न राजनीतिक घटनाको प्रारम्भिक समीक्षा गरेको छ ।

बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले कांग्रेसले सबै अवसर गुमाउने घटना दुःखद र अपरिपक्क, स्वार्थमा केन्द्रित र सत्ता लिप्सामा आधारित देखिएको टिप्पणी गर्नुभयो । अरुको कुनै कुरा नसुनी एकतर्फी निर्णय गर्ने नेतृत्वको शैली पछिल्लो राजनीतिक घटनाक्रमको जिम्मेवार भएको बैठकको निष्कर्ष छ । नेतृत्वमा वृहत् राजनीति परिवेशलाई सोच्ने र सम्बोधन गर्ने क्षमता नदिएको इतर पक्षको ठहर छ ।

गठबन्धन भत्किनुको जिम्मेवारी संकीर्ण र सीमित घेरामा रहेकाहरुले लिनुपर्ने निष्कर्ष रहेको कांग्रेसका सहमहामन्त्री जीवन परियारले बताउनुभयाे । आगामी दिनमा कांग्रेसलाई जीवन्त बनाएर जागृत बनाउनुपर्ने बैठकको निष्कर्ष छ । पाँच दलीय गठबन्धन टुटेर सत्ता समीकरण फेरीएसँगै संस्थापन र इतर समूहबीच एक-आपसमा घोचपेच चलिरहेको छ । इतरसमूहले देउवाको राजीनामा माग्ने सम्मको तयारी गरेको छ ।

साेही बैठकमा उपसभापति धनराज गुरुङ, डा. शेखर कोइराला, महामन्त्री गगन थापा, डा.मिनेन्द्र रिजाल र अर्जुननरसिंह केसी लगायतका नेता सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४