Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रविधिबाट भ्रष्टाचार नियन्त्रणमा लागेका छौः मन्त्री अर्याल


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, फाल्गुन १६ २०७६
  • 2.7K
    SHARES

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सरकारले हालसम्रम २८४ विघा जमिन फिर्ता गरेको बताउनुभएको छ । मन्त्री अर्यालले आफ्नो कार्यकालको दुई वर्षको अवधिमा भएगरेका प्रगतिका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभएको हो ।
हालसम्म देशभर २८४ विघा जग्गा फिर्ता गरिएको भन्दै मन्त्री अर्यालले भन्नुभयो, ुबाराको सिमरा मालपोत कार्यालयबाट नापी नक्सामा सरकारी रहेको, श्रेस्ता समेतमा रेकर्ड रहेको जग्गा २०६४ सालमा व्यक्तिविशेषको नाममा बनाइएको विभिन्न कित्ता गरी १२ कित्ताको २० विघा जमिन दर्ता बदर गरेको हो ।ु
मन्त्री अर्यालले छिट्टै नेपालको नयाँ नक्सा सार्वजनिक हुने बताउनुभयो । नक्साबारे सुझाब दिने प्राविधिक समितिले सुझाब पेश गरेको बताउनुभयो । नापी विभागको पनि प्राविधिक टिम उक्त कार्यमा क्रियाशिल रहेको भन्दै उहाँले काम अन्तिम चरणमा पुगेको बताउनुभयो ।
विगतमा बिना कानुन जग्गा उपलब्ध गराउने, सुकुम्बासी समस्या समाधान गर्दा समस्या भएको भन्दै उहाँले पहिलोपटक सुकुम्बासी समस्या समाधान गर्न, अव्यवस्थित बसोबासीको समस्या समाधान कानुनबाट नै गरौं भनेर कानुन बनाएको बताउनुभयो ।
कानुन निर्माणपछि कार्यान्वयन गर्न कानुनको मातहतमा गएर नियमावली बनाउने र गठन आदेशका निर्माण गरेर आयोग बनाउने काम अगाडी बढेको मन्त्री अर्यालले बताउनुभयो । ुअर्थ मन्त्रालयमा गठन आदेश पुगेको छ । सबै प्रकृया पुरा गरेपछि आयोग गठन हुन्छु, उहाँले भन्नुभयो, ु आयोग गठनको अन्तिम चरणमा छ । यो आयोग कानुनबाट निर्मित आयोग हो र यो शक्तिशाली हुन्छ ।ु
गुठी ऐनका बारेमा सरोकारवालासँग पटकपटक छलफल गरिएको भन्दै उहाँले धेरै चरणमा छलफल गर्दा सरोकारवालाहरु सँगै जान सकिन्छ भन्ने निष्कर्षमा पुगेको बताउनुभयो । भोलीका दिनमा समस्या समाधान नहोस् भनेर एउटा समिति बनाउने तयारीमा मन्त्रालय रहेको मन्त्री अर्यालले जानकारी दिनुभयो ।
सगरमाथाको उचाइ मापन गर्ने कार्यको ९० प्रतिशत काम सम्पन्न भएको मन्त्री अर्यालले बताउनुभयो । अहिले प्रोशेसिङको काम भइरहेको भन्दै उहाँले सम्पन्न भएपछि सार्वजनिक गरिने बताउनुभयो ।
मन्त्री अर्यालले सुशासनका निम्ती के उपाय होला भनेर खोजी गर्दै जाँदा प्रविधिबाट नै नियन्त्रण गर्न सकिन्छ भनेर सिस्टमको विकास गरेर अगाडी बढेको भन्दै बेथितिको अन्त्य गर्न प्रविधिबाट नै नियन्त्रण गरेर जाने हो भनेर अभियान चलाएको बताउनुभयो । ुअपेक्षाकृत भएनहोला तर सुधारउन्मुख भएको छ । सिस्टमबाट धेरै सजिलो, सहज भयो भन्ने छु, मन्त्री अर्यालले भन्नुभयो, ुयसमा कर्मचारीको पनि समस्या छ र सेवाग्राहीको पनि समस्या छ के । हामीलाई यति धेरै हतार छ । आधाघण्टा कुर्न सक्दैन । प्रलोधनमा पारेर काम गराउनुपर्ने हुन्छ अनि बाहिर आएर पैसा खाए भन्छ ।ु
शुद्धताका निम्ती जनस्तरबाट पनि केही सोच्नुपर्ने मन्त्री अर्यालले बताउनुभयो । भन्नुभयो, ुखुलेआम हिजो जे हुन्थ्यो त्यो नियन्त्रण भएको छ । प्रवृति पुरै निशेष भएको छैन हामी निशेष बनाउने अभियानमा छौ । तर नियन्त्रण भएको छ ।ु

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४