Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

टीकापुरमा हात्ती र पशुको त्रासले आलुखेती


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, पुष १० २०७९
  • 2.2K
    SHARES

काठमाडौं । कैलालीको टीकापुर-८ श्रीलङ्कामा जङ्गली जनावर हात्ती र छाडा पशुचौपायाका डरले आलुखेती गरिएको छ ।

श्रीलङ्काका स्थानीय किसानले यहाँको माटो बलौटे रहेकाले आलुखेतीका लागि उत्तम रहेको र आलुखेतीलाई पशुबाट जोगाउन सहज हुने भएकाले यो खेती रोजेको बताएका छन् ।

किसानलाई आलुखेतीका लागि रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फले सघाएको छ । आयोजनाले त्यहाँका किसानलाई साढे २२ बिघा जमिनमा सामूहिकरूपमा आलुको ब्लक प्रदर्शनका लागि सघाएको छ । त्यसका साथै व्यक्तिगतरूपमा खेती गर्नेका लागिसमेत सहयोग गरेको छ ।

सिँचाइ आयोजना कृषि कार्यान्वयन एकाइको सहयोगपछि स्थानीय किसान मिलेर खेती गरेका हुन् । ‘श्रीलङ्कामा हात्तीको आतङ्क बढी हुने, छाडा पशुले बाली नोक्सान गर्ने र यहाँको माटो बलौटे भएकाले आलुखेतीको ब्लक स्थापाना गरी खेती गरिरहेका छौं’, किसान धनसिंह साउदले भने, ‘यहाँ अधिकांशले उखुखेती गर्ने गरेका थिए । उखुखेतीलाई हात्तीले बढी नोक्सान गर्ने गरेका छ । त्यसैले यसपटक हामीले आलुखेती गरेका हौँ ।

साउदले आलुखेती छिटो उत्पादन लिन सकिने र जनावरले कम नोक्सान गर्ने बताउद । ‘हामीले आलुखेती बीउ उत्पादनका लागि गरेका छौँ, तरकारीका लागि व्यक्तिगतरूपमा पनि खेती गरेका छौं’, उनले भने, ‘सिंचाइ आयोजनाले कृषकको समूहलाई आलुखेतीका लागि मेसिन, बीउ र प्रविधिलगायतमा सघाउन रु २० लाख सघाएको छ ।’

सिँचाइ आयोजना कृषितर्फको सहयोगमा टीकापुरमा ५० हेक्टरमा आलुखेती विस्तार र ४४ हेक्टरमा आलुको ब्लक खेती गरिएको छ । आयोजनाले यस वर्ष आलुखेती विस्तार र आलुको ब्लक स्थापनाका लागि किसानको मागका आधारमा सघाएको हो । आयोजनाले ४४ हेक्टरमा दुईवटा ब्लकमा ब्लक खेती गरेको हो ।

आयोजनाले टीकापुर–३ स्थित रामपुर कटानपुर र टीकापुर–८ श्रीलङ्कामा आलुको ब्लक स्थापनामा किसानलाई सघाएको आयोजनाले जानकारी दिएको छ ।

आयोजनाले आलुखेती विस्तारअन्तर्गत दुई सय ११ जना किसान छनोट गरी ५० हेक्टर क्षेत्रफलमा आलु विस्तारका लागि सघाएको बाली विकास अधिकृत जय महतराले बताए । ‘हामीले सूचना गरेका थियौँ, सूचनामा माग गरेका किसानले यो सुविधा पाएका हुन्’, उनी भन्छन्, ‘हामीले प्रविधि, सिँचाइ, मल, बीउ, विषादी र सुक्ष्म तत्वजस्ता सहयोग गर्छौँ । यसले किसानलाई कृषितर्फ आकर्षित गर्छ ।’

कृषितर्फ कार्यान्वयन एकाइले आलुखेतीलाई बढावा दिँदै यहाँ फलेको आलु शीतभण्डारमा भण्डारण गरेमा यहाँ आलुको आयात घटाउने लक्ष्य लिएको बाली विकास अधिकृत महतरा बताउँछन् ।

आयोजनाको सहयोगमा यहाँका २११ किसानले व्यावसायिक खेती गरिरहेका छन् । आयोजनाले यसका साथै धान बाली, गहुँ बाली, तरकारी खेती तथा फलफूल खेतीमा समेत किसानलाई सघाउँदै आएको छ । आयोजनाले किसानलाई कृषि औजार वितरण कार्यसमेत हरेक वर्ष गर्दै आएको छ ।

आयोजनाको सहयोगमा यहाँका अधिकांश किसान व्यावसायिक खेतीतर्फ आकर्षित भएका छन् । आयोजनाले खेतीमा लगानीसँगै किसानको खेती र उत्पादनको पनि नियमित अनुगमन गर्न आवश्यक रहेको किसान अगुवा रामफल चौधरी बताउँछन् ।

‘आयोजनाको सहयोगमा खेती गरिरहेका र आयोजनाबाट पटक–पटक लाभ लिएका किसानको खेतीको अवस्था नियमित अनुगमन गर्नुपर्छ’, उनी भन्छन् ,’आयोजनाबाट सहयोग तथा अनुदान पाउनेमा सधैँभरि एउटै किसान छनोट कार्यसमेत अन्त्य गर्नुपर्छ । नयाँ किसानलाई कृषिमा आकर्षित गराउने खालका कार्यक्रम पनि ल्याउनुपर्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४