Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेम्बाङद्धारा सहरी विकास मन्त्रीको पदभार गहण


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १२ २०७६
  • 7.2K
    SHARES

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले आज सहरी विकास मन्त्रालयको पदभार ग्रहण गर्नु भएको छ । नेम्बाङले सोमबार सिंहदरबारस्थित सहरी विकास मन्त्रालय पुगी पदभार ग्रहण गर्नु भएको हो । उहाँले पदभार ग्रहणको अवसरमा मातहतका निकायलाई प्रतिबद्ध, लगनशिल, इमानदारिता र जवाफदेही भएर काम गर्न निर्देशन दिनु भयो ।
उहाँले हामीले नगरे कस्ले कर्छ भन्ने भावना राखेर काम गर्न आग्रह गर्नु भयो । उहाँले भन्नु भयो ‘हामीले यति भावना राखेर काम गर्याँै भने नेपाली जनताले राखेको विकास र समृद्धिको चाहाना पुरा हुन्छ ।’ उहाँले नीति कार्यान्वयन गर्न आफु नेतृत्व ड्राइभर मात्र नभएर साथी र सहजकर्ताको रुपमा रहने समेत उल्लेख गर्नु भयो ।
मन्त्री नेम्बाङले पदभारसंगै बागमती एकिकृत सभ्यातासंग जोडिएका विषलाई विधेयक निर्माणका लागि अर्थमन्त्रालयसंग सैद्धान्तिक सहमती लिने फाइलमा हस्ताक्षर गरेर कामको सुरुवात गर्नु भयो ।
सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले छोटो समयमै आफ्नो व्यवस्था परिवर्तन गरि आलोचनाखेपी रहेका मन्त्रालयलाई आलोचनामुक्त गराएर अगाडी बड्नु भएको र त्यो सीप लगन सहरी विकास मन्त्रालयमा पनि प्रतिविम्बित हुने विश्वास व्यक्त गर्नु भयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ फागुनमा मन्त्री नेम्वाङलाई थप जिम्मेवारी तोक्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४