Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीेले केकमा काटेको देश जोड्न यी गायिकाले खर्चिइन् लाखौ रकम


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन १२ २०७६
  • 5.4K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ६९ औँ जन्मोत्सव नेपालको नक्सा आकारको १५ किलोको केक काटेर मनाए । जसको आम नागरिकले चर्को आलोचना र बिरोध गरेका छन् ।
तर ठ्याक्कै यही समयमा अधिवक्ता तथा गायिका शितल पाण्डयेले लाखौ रकम खर्च गरेर नेपालको नक्सा काटेर टुक्राउने होइन् कालापानी र लिपुलेक सहितको नक्सा जोडेर राष्टिय गित बजारमा ल्याएकी छिन् ।
प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिनमा नेपालको नक्सा आकारको केट काटिरहदाँ गायिका पाण्डेयले भने आफ्नो गित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समक्ष कसरी पुग्नसक्छ भनेर छलफल गरिरहेकी थिइन् । जब प्रधानमन्त्रीले ६९ औँ जन्मोत्सवका अवसरमा नेपालको नक्सा आकारको केक काटेर मनाएको फोटो भाइरल भयो त्यसपछि भने उनको मुटु छियाछिया भयो ।
उनले फेसबुकमा स्टाटसको रुपमा कबिता लेख्दै यसरी दुःख व्यक्त गरेकी छिन् ।
म यता लाखौं खर्च गरेर देश जोड्ने कुरा गर्दै छु,
तिमी भने लाखौं खर्च गरेर देश तोड्ने कुरा गरेछौ !
तिमी र म मा यही फरक छ ।
मेरो सल्लाहकार कोही छैन,
तिमीलाई सल्लाह दिने कैंयन छन् !
तिमी र म यही फरक छ ।
मलाई देश जोड्ने कुरा कसैले सिकाएको होईन,
तिमीलाई भने देश तोड्ने कुरा कसैले सिकाएछन् !
तिमी र म मा यही फरक छ ।
बिश्वास थियो छ र हुनेछ कि,
म मा अगाध देश प्रेम छ,
तिमीमा पनि उस्तै देश प्रेम छ !!
हामीमा यही कुरा समान छ ।
तर
मैले मेरो मन र दिमाग प्रयोग गरेर,
देश जोड्ने कुरा गरेर गुमनाम भईरहेछु !
तर अफसोस !
तिमी अर्कैको मन, दिमाग र निर्देशनमा,
देश तोड्ने कुरा गरेर भाईरल भईरहेछौ !
तिमी र म मा यही फरक छ ।
म लाखौें लगनीमा गुमनाम छु,
तिमी लाखौँ लगानीमा भाईरल छौ !
तिमी र म मा यही कुरा फरक छ ।
म मेरो पेट काटेर देश जोड्दा गुमनाम छु,
तिमी देश काटेर खाँदा भाईरल छौ !
तिमी र म मा यही फरक छ ।
मैले देश जोड्ने कुरा गरेको कसैले देखेनन् ,
तिमीले देश तोड्ने कुरा गरेको सबैले देखेका छन् !
त्यसैले त
म गुमनाम छु,
तिमी भाईरल छौ !
बस समाजको दृष्टी र नियति पनि यस्तै छ,
मलाई देख्दैन तिमीलाई देख्छ !
कि त दृष्टी र नियति खराब हो !
की त म खराब हुँ !!
या त तिमी !!!
पाण्डे भन्छिन् ः हामी नागरिकहरु देशको सिमा मिचियो,जोगाउने कसरी भनेर लाखौ खर्चिन्छौँ,रातदिन नसुतेर देश जोगाउने कसरी भन्छौँ तर प्रधानमन्त्री भने केकमा देश काटेर खाइदिन्छन्, सारै चित्त दुख्ने रहेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४