Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ब्राजिल बन्यो विश्वकपमा सबै २६ खेलाडी खेलाउने पहिलो टिम


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २० २०७९
  • 4.8K
    SHARES

काठमाडौं । कतारमा जारी फिफा विश्वकप २०२२ मा टिममा रहेका सबै २६ खेलाडीलाई खेल्ने अवसर दिँदै ब्राजिलले नयाँ कीर्तिमान बनाएको छ ।

सोमबार राति दक्षिण कोरिया विरुद्धको खेलमा तेस्रो रोजाइका गोलकिपर वेभर्टनलाई खेल्ने अवसर दिएपछि ब्राजिलले टिममा भएका सबै खेलाडीलाई मैदान उतारेको हो । सर्वाधिक पाँच पटकको विजेता ब्राजिल कोरियालाई ४–१ ले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरिसकेको छ ।

प्रशिक्षक टिटेले टिममा भएका सबै खेलाडी अवसर दिने क्रममा खेलको ८०औं मिनेटमा पहिलो रोजाइका गोलकिपर एलिसन बेकरको स्थानमा वेभर्टनलाई मैदान पठाएका थिए ।

समूह चरणको सुरुवाती दुई खेलमा पहिलो रोजाइको टिम खेलाएका टिटेले नकआउट चरण पुगिसकेकपछि समूहको अन्तिम खेलमा क्यामरुन विरुद्ध दोस्रो रोजाइको टिम खेलाएका थिए । ब्राजिलले अहिलेसम्म ४ खेल खेल्दा सबै खेलाडी कम्तीमा एक पटक मैदान उत्रिसकेका छन् ।

दोस्रो रोजाइका गोलकिपर एडरसनले यसअघि क्यामरुन विरुद्ध खेलिसकेका थिए । त्यसैले पाल्मेरियसका गोलकिपर वेभर्टनले कोरिया विरुद्ध अवसर पाए ।

कोभिड १९ महामारीपछि अन्तर्राष्ट्रिय फुटबलमा २६ खेलाडी टिममा राख्ने चलन सुरु भएको थियो भने विश्वपकमा पहिलो पटक एक टिममा २६ खेलाडी राखिएको हो । यसअघिका विश्वकपमा भने एक टिममा २३ खेलाडी मात्र हुन्थे ।

यसअघि सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा नेदरल्याण्ड्सले टिममा भएका सबै २३ खेलाडीलाई प्रयोग गरेको थियो ।

तेस्रो स्थानको लागि ब्राजिल विरुद्ध भएको खेलमा नेदरल्याण्ड्सका गोलकिपर मिचेल भोर्न अन्तिम समयमा मैदान प्रवेश गरेपछि सबैले अवसर पाएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४