Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समानुपातिकतर्फको मतगणना आज सकिंदै


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, मंसिर २० २०७९
  • 5K
    SHARES

काठमाडौं । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभाको समानुपातिकर्फको मत गणना आज मंगलबार सकिने भएको छ ।

मंगलबार बिहान ६ बजेसम्म एक करोड चार लाख ७८ हजार ७ हजार ३ सय ५९ मतगणना भएको छ । जसमा २८ लाख १४ हजार ६ सय ५५ मत मत पाउँदै नेकपा (एमाले) अग्रस्थानमा रहेको छ । यस्तै २६ लाख ८८ हजार २ सय १८ मतसहित कांग्रेस दोस्रो र ११ लाख ६४ हजार १ सय २ मतसहित नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेका छन् ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ७ सय ७८ मत पाएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ लाख ८६ हजार ८ सय १६ मत पाएको छ । जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९५४ मत पाउँदा जनमत पार्टीले ३ लाख ९४ हजार मत पाएको छ ।

माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले भने २ लाख ९६ हजार ९० मत मात्रै पाएको छ । प्रत्यक्षतर्फको सबै परिणाम आईसकेकाले निर्वाचन आयोगले समानुपातिकतर्फको मत गणना सकिएलगत्तै सिट विभाजनको प्रक्रिया सुरू गर्ने भएको छ ।

आगामी २८ गतेसम्ममा निर्वाचनको सम्पूर्ण नतिजासहितको प्रतिवेदन आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाउने तयारी गरेको छ । त्यसपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गर्नुहुने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४