Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अर्जेन्टिना आजको खेल हारे फर्कन्छ घर


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 4.1K
    SHARES

काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आज हुने ४ खेल मध्ये एउटा खेलमा अर्जेन्टिना र पोल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।

समूह सीका यी दुईसहित मेक्सिको र साउदी अरेबियाबीचको खेल मध्यराति पौने १ बजे सुरु हुनेछ ।

यो समूहका चारै टिमको अन्तिम १६ मा पुग्ने संभावना छ । तर चार मध्ये आजका खेल जित्ने २ टिम अन्तिम १६ मा पुग्ने छन् भने हार्ने टिम समूह चरणबाटै घर फर्कन पनि सक्नेछन् ।

विश्वकप सुरु हुनुअघि अर्जेन्टिनलाई विश्वकपको दाबेदारका रुपमा हेरिएको थियो । तर विश्व फुटबलका स्टार लियोनेल मेस्सीको टिम अर्जेन्टिना आफ्नो पहिलो खेलमै अप्रत्यासित रुपमा साउदी अरेबियासँग पराजित भयो र विश्वभरका समर्थकलाई निराश बनायो ।

पहिलो खेलमा झड्का बेहोरेको अर्जेन्टिनाले कप्तान मेसीको प्रेरणादायी प्रदर्शनमा दोस्रो खेलमा मेक्सिकोलाई २-० ले हराएर नकआउटको सम्भावना कायमै राखेको छ ।

अर्जेन्टिनालाई नकआउट चरणमा पुग्न आज राति पौने १ बजे पोल्याण्ड विरुद्धको खेल जित्ने पर्ने दबाव छ । दुई खेलबाट ३ अंक मात्र रहेको अर्जेन्टिनाले अन्तिम १६ मा स्थान पक्का गर्न पोल्याण्डलाई हराउनैपर्नेछ ।

अर्जेन्टिना र पोल्याण्डबीचको खेललाई दुई भेट्रान फरवार्ड मेसी भर्सेस रोवर्ट लेवान्डोस्कीको रुपमा समेत हेरिएको छ ।

तर अर्जेन्टिनालाई बराबरीमा रोके पनि पोल्याण्ड नकआउट चरणमा पुग्ने छ ।

बराबरीले अर्जेन्टिनाको नकआउट चरण यही समयमा हुने मेक्सिको र साउदी अरेवियाबीचको खेलको नतिजामा भर पर्ने छ । साउदी अरेवियाले जितेमा उ पनि अन्तिम १६ मा पुग्ने छ ।

तर साउदी अरेवियामाथिको जितले मात्र मेक्सिकोको नकआउट चरण यात्रा तय हुने छैन । उसले अर्जेन्टिना र पोल्याण्डको नजितामा भर पर्नु पर्छ । अर्जेन्टिना हारेमा र साउदीलाई हराउन सकेमा मेक्सिको नक आउट चरणामा पुग्ने छ । तर अर्जेन्टिना हारेको स्थितिमा मेक्सिकोलाई बराबरीमा रोके पनि साउदी नक आउट चरणमा पुग्ने छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४