Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

समूह डी बाट फ्रान्ससँगै को अगाडि बढ्ला ?


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2.2K
    SHARES

काठमाडौं । साविक विजेता फ्रान्सले लगातार दुई खेल जितेर अन्तिम १६ मा स्थान सुरक्षित गरिसकेको छ ।

यो समूहबाट अष्ट्रेलिया, डेनमार्क र ट्युनिसिया मध्ये एक टिम मात्र अन्तिम १६ मा पुग्नेछ । त्यसैले यी तीन टिमका लागि आजराति पौने ९ बजे हुने खेल महत्वपूर्ण छ ।

अष्ट्रेलिया र डेनमार्कलाई पराजित गरेको फ्रान्स दुई खेलबाट ६ अंक जोड्दै नकआउट चरणमा पुगिसकेको छ र ट्युनिसिया विरुद्ध जित वा बराबरीले फ्रान्स समूह विजेता बन्नेछ ।

अष्ट्रेलिया र डेनमार्कले बराबरी खेलेमा फ्रान्स पराजित भए पनि समूह विजेता बन्नेछ । यदी फ्रान्स ट्युनिसियासँग पारजित भएमा र अष्ट्रेलियाले डेनमार्कलाई पराजित गरेमा दुवैको समान ६ अंक हुनेछ र गोलअन्तरका आधारमा समूह विजेता निर्धारण हुनेछ ।

दुई खेलबाट १ अंक मात्र जोडेको ट्युनिसियाको लागि भने अन्तिम १६ मा पुग्ने सम्भावना कायम राख्नका फ्रान्सलाई हराउनैपर्नेछ भने डेनमार्क र अष्ट्रेलियाको खेल बराबरी हुनुपर्नेछ ।

अर्को खेलमा डेनमार्कसँग खेल्ने अष्ट्रेलिया जित हात पारे अन्तिम १६ मा पुग्नेछ । अष्ट्रेलियाको दुई खेलबाट ३ अंक छ र यदी फ्रान्सले ट्युनिसियालाई हराएमा डेनमार्कसँग बराबरी खेल पनि अष्ट्रेलिया अन्तिम १६ मा पुग्नेछ । ट्युनिसिया समान १ अंक रहेको डेनमार्कको लागि भने अष्ट्रेलिया विरुद्धको खेल जित्नैपर्नेछ भने फ्रान्सले ट्युनिसिया विरुद्ध हार टार्नुपर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४