Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेदरल्याण्ड्स समूह बिजाता बन्दै अन्तिम १६ मा, कतारले सबै खेल हार्यो


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर १४ २०७९
  • 2.5K
    SHARES

काठमाडाैँ । नेदरल्याण्ड्स विश्वकप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । मंगलबार राति कतारलाई २-० ले पराजित गर्दै समूह ए को विजेताका रुपमा नकआउट प्रवेश गरेको हो । अब अन्तिम १६ मा समूह बी को उपविजेतासँग भिड्ने छ ।

नेदरल्याण्ड्सको जितमा कोडी गोक्पो र फ्रेंकि डे जोङले गोल गरे । खेलको २६ औं मिनेटमा गोक्पोको गोलमा नेदरल्याण्ड्सले अग्रता लिएको थियो । डे जोङले ४९ औं मिनेटमा अग्रता दोब्बर पार्दा घरेलुटोलीमाथि सहज जित हात पार्यो ।

यसअघि पहिलो खेलमा सेनेगललाई २-० ले पराजित गरेको थियो । इक्वेडरसँग १-१ गोलको बराबरी खेलेको थियो । आयोजक कतारले भने सबै खेल हारेको छ ।

९ औं पटक विश्वकप खेलिरहेको नेदरल्याण्ड्स खेलेका सबै विश्वकपमा समूह चरण पार गरेको छ । यसअघि तीन पटक फाइनलमा पुगेको नेदरल्याण्ड्सले उपाधि भने जित्न सकेको छैन । २०१० मा फाइनल खेलेको नेदरल्याण्ड्स २०१४ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४