मायालु हौ मेरि यो ढुकढुक हो मेरो
कति खुसि भइएला मिलनमा हाम्रो
दिलको ढोका खोलेर बस्ने गर
मेरा नयनहरुलाई तिमिले छोप्ने गर
त्यो नजरको सागरमा रमाएर बस्यौ
कति खुसि भइएला मिलनमा हाम्रो
दिलमा आएर बस तिमिले मायाले बसमा पारि
सधै भरि साथमा रहु मायाको बन्धनमा परि
तिमि नै हौ सुन्दरि तिम्रो सौन्दर्यको चर्चा भईरह्यो
कति खुसि भइएला मिलनमा हाम्रो
मेरो हृदयमा तिमि आएर बस
तिमिले गर्यौत जिन्दगि समर्पण
तिमि मलाई माया गर्ने मैले तिमिलाई माया गर्ने
कति खुसि भइएला मिलनमा हाम्रो
नाम -गोबिन्द राज ओझा (राजन)
ठेगाना-दिपायल सिलगढी न.पा.२ दिपायल डोटी