Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

सत्तासँग केही छैन !


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असार ११ २०७९
  • 5.6K
    SHARES

सत्तासँग केही छैन !

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा
कफिनको मेला लागिरहन्छ
प्रिय गुमाएको प्रेयसीहरू
काख रित्तिएको आमाहरू
बाउको अनुहार चिन्न नपाइ टुहुरो बनेको छोराछोरीहरू
मुर्छित छन्
शव वाहन ओसारिरहेछ
आर्यघाटतिर कफिन
तर
कहिले देख्दैन सत्ताले
यो हृदय विदारक दृश्य
ऊ चुपचाप वैदेशिक श्रम सम्झौतामा हस्ताक्षर गरिरहेकाे छ ।
सत्ताको मुटु छैन

झुन्डिँदा-झुन्डिदै तुइनबाट
कति बेला खस्छ जिन्दगी
थाहा छैन ।
कर्णाली जस्तै
आँसुको बाढी कहिलेसम्म बगाउनु पर्ने हो
आफन्तको वियोगमा ।
झुन्डिनुको विकल्प झुन्डिनु
झुन्डिरहेछ कर्णाली ।
सत्ताले निकै अगाडि घोषणा गरिसक्यो
तुइन मुक्त देश ।
सत्तालाई यो था छैन देशभित्रैको भूगोल हो कर्णाली ।
सत्ताको मस्तिष्क छैन ।

सुदुर भविष्यहरू किताब नपाइ
रित्तो झोला मलिन अनुहार बोकेर
पाठशाला गैरहेछ
पसिना रोपेर जीवन फलाउने किसानहरू
मल न पाएर आत्तिरहेछन्
बिउ नपाएर छटपटाइरहेछ
मूल्य नपाएर रोइरहेछ
सत्ताको भोको
निर्लज्ज सत्तासँग
वर्तमानको योजना छैन
भविष्यको योजना छैन

बिहान बेलुका चुल्होमा आगो बाल्न सकस छ धनबहादुरलाई
गाह्राे छ फूलमायालाई छोरीको भविष्य कोर्ने कापी, कलम किन्न
धनबहादुर, फूलमायाहरूको पीडा देख्न
सत्तासँग आँखा छैन ।

सत्तासँग छ त केवल
मूल्य वृद्धि
मूल्य वृद्धि
मूल्य वृद्धि
त्यसैले
सत्ता मूल्य वृद्धि गरिरहेछ, गरिरहेछ, गरिरहेछ ।
सत्तासँग नैतिकता छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४