बोल्न त मन लाग्छ कसरी बोलु
लाग्छ मनका भावनाहरु सबै खोलु
तिमिलाई हेरेर बाचु कि भन्छ यो मन
नबोलेर बस्न सक्दैन बोलिरहु भन्छ मन
नयाँ सोच भयो नयाँ नयाँ फूल रोपियो बारिमा
कहिले होला भेट सुर्ता बढिरहन्छ मनमा
यो दुनियामा घुमि हेरे मनमा याद बसिरह्यो
तिम्रो माया मन मुटुमा फैलिरह्यो
के निहु खोजु मैले कसरी खोज्न सक्छु
साचो माया गरेको थिए पक्का भेटनेछु
मायाको प्यास बढछ कसरी बाच्नु
मनको माया मन भित्र राखेर कसरी जिउनु