Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

विश्वकप १९८२ः पहिलाेपल्ट २४ टिम सहभागी, अर्जेन्टिनाका लागि बिर्सनलायक


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, मंसिर ३ २०७९
  • 2.6K
    SHARES

काठमाडौं । सन् १९८२ मा फिफाले सहभागी टिमको संख्या १६ बाट बढाएर २४ बनायो । स्पेनले पहिलोपल्ट आयोजना अधिकार पाउँदा १४ शहरको १७ रंगशालामा विश्वकपका खेल सन्चालन गरिए ।

चार वर्षअघि अर्जेन्टिनाले घरेलु मैदानमा पहिलो विश्वकप उपाधि जितेको थियो । उनीहरु युवा सुपरस्टार म्याराडोनाको भरोसामा थिए । तर, अर्जेन्टिनी टिमले समूह चरण पार गर्न सकेनन् ।

यो विश्वकपमा ब्राजिलले आक्रामक फुटबलको नमूना प्रस्तुत गरेको थियो । उनीहरुका स्टार खेलाडीहरु जिको, फाल्काओ र सोक्रेट्सले शानदार प्रदर्शन गरेका थिए । तर, इटलीसँग पराजित भएपछि उनीहरु सेमिफाइनलसम्म पुग्न सकेनन् ।

पहिलोपल्ट विश्वकपका लागि छनोट भएको अल्जेरियाले तत्कालीन युरो च्याम्पियन पश्चिम जर्मनीलाई हराएर अहिलेसम्मकै सबैभन्दा ठूलो सफलता निकाल्न सक्यो । अल्जेरियाले चिलीमाथि पनि ३–२ को जित पश्चिम जर्मनीले अस्ट्रेलियामाथि निकै नै विवादास्पद जित हासिल गर्दा अल्जेरिया दोस्रो चरणमा पुग्न सकेन ।

पश्चिम जर्मनीले एक वा दुई गोलसम्मको जित हासिल गरेको खण्डमा दुवै टिम दोस्रो चरणमा पुग्ने समीकरण बनेको थियो । पूर्व विश्व च्याम्पियन जर्मनीले दशौं मिनेटमै अग्रता लिएको थियो । त्यसयता खेल अवधिभर दुवै टिमले आक्रमणको प्रयास नै गरेनन् । विश्वकपमा अहिलेसम्म पनि त्यो खेललाई अघोषित मिलेमतोका रुपमा लिने गरिन्छ ।

प्रतियोगितामा अल्जेरियाका अलावा क्यामरुन, होण्डुरस, कुवेत र न्युजिल्याण्डले पनि पहिलोपल्ट सहभागिता अवसर पाएका थिए । अफिसियलबाट पक्षपातको आरोप लागे पनि आयोजक स्पेन पहिलो चरणबाट माथि जान सकेन ।

फाइनलमा पूर्व च्याम्पियनहरु इटली र पश्चिम जर्मनी आमने सामने भएका थिए । पाउलो रोसीले सो विश्वकपमा आफ्नो छैटौं गोल गरी इटलीलाई तेस्रोपल्ट विश्वकप उपाधि दिलाए । फाइनलमा रोसीका अलावा मार्को टार्डेली र अलेसान्द्रो अल्टोबेलीले पनि गोल गरेका थिए । जर्मनीका लागि पाउल ब्रेटनरले ८३औं मिनेटमा सान्त्वना गोल फर्काएका थिए ।

यो विश्वकपदेखि बराबरीको नतिजाबाट विजेता छुट्याउन पेनाल्टी शुटआउटको सुरुवात भएको हो । अतिरिक्त समयपछि पेनाल्टीको व्यवस्था गरियो । हंगेरीले एल साल्भाडोरमाथि १०–१ गोलअन्तरको जित विश्वकप इतिहासकै सबैभन्दा फराकिलो नतिजा हो ।

फकल्याण्डको युद्धका कारण ब्रिटिस देशहरुले बहिस्कारको चेतावनी दिएका थिए । यद्यपी उनीहरुले अन्तिम समयमा सहभागी हुने निर्णय लिए ।

तथ्यांकमा विश्वकप १९८२

आयोजकः स्पेन
टिमः २४
फर्म्याटः समूह चरण, दोस्रो चरण, फाइनल
खेलः ५२
गोलः १४६
विजेताः इटली
उपविजेताः पश्चिम जर्मनी
गोल्डेन बुटः पाउलो रोसी (इटली)

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४