Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘मीलन’ को आइटम गीत ‘अलि अलि पिएपछि’ सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, कार्तिक २९ २०७९
  • 1.8K
    SHARES

काठमाडौं । आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘मीलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक उक्त गीतमा बबिना किराती र कृष्ण केसीको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत चलचित्रका लेखक तथा निर्देशक टेक पौरखी राईकै रहेको छ ।

गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेताद्धय सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिमलाई देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।

चलचित्र निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफि छ’ बोलको गीतसँगै ट्रेलर र पोष्टर सार्वजनिक गरिसकेको छ ।

प्रविन थापा निर्माता रहेको यो चलचित्रमा सलोन, कुशल र शिल्पासँगै शिशिर बांग्देल, बिशाल पहाडी, जानुका पौडेल, सुमिन गुरुङ, रेजिना एक्चै मगर, डेनियल खड्का, करन थापा मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

राहुल राईको छायांकन रहेको चलचित्रमा तारा किम्बे थापाको सम्पादन रहेको छ । काठमाडौं र कालिन्चोकमा खिचिएको चलचित्र ‘मीलन’ ले निर्वाचन पछिको मितिमा दर्शकको उल्लेख्य उपस्थिती रहनेमा विश्वस्त देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४