Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली मूलका व्यवसायी दीपेन्द्र गुरुङ बने मिस वर्ल्डका नयाँ मालिक


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक २४ २०७९
  • 4.3K
    SHARES

काठमाडौं । नेपाली मूलका बेलायती व्यवसायी दीपेन्द्र गुरुङ विश्वसुन्दरी प्रतियोगिता (मिस वर्ल्ड)का सहमालिक बनेका छन् । गुरुङ स्वयं र प्रतिष्ठित ब्युटी पेजेन्ट वेबसाइट पेजेन्टइम्प्रेसले यसलाई पुष्टि गरेका छन् ।

यस वर्षको ७१ औं मिस वर्ल्ड संस्करणबाट गुरुङले औपचारिक रुपमा मिस वर्ल्डको नेतृत्व सम्हाल्नेछन् । स्थापनाकालदेखि नै मिस वर्ल्डको एकाधिकार बेलायती व्यवसायी जुलिया मोर्ले र उनको परिवारसँग थियो ।

गुरुङ परिवारले यस वर्षको मिस वर्ल्डदेखि नेतृत्व सम्हाल्ने खबर पेजेन्टइम्प्रेसले लेखेको छ र यसलाई दीपेन्द्रले सेयर पनि गरेका छन् । व्यवसायी गुरुङ युरोपको वायुसेवा कम्पनी हिमालय जेट र विश्वचर्चित फिल्मको मल्टिप्लेक्स चेन प्रिभे लक्जरी सिनेमाजका मालिक समेत हुन् ।

यस वर्षको मिस वर्ल्ड प्रतियोगिता सिंगापुर, जापान र पोल्याण्डमा गर्ने तयारी छ । यसका लागि वर्तमान विश्वसुन्दरीलाई लिएर दीपेन्द्र बुधबार सिंगापुर पुगेका छन् । सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग गुरुङको यसबारे बैठक पनि भएको छ ।

सिंगापुरका संस्कृतिमन्त्री एडविन तोङसँग मिस वर्ल्ड क्यारोलिना बिलावास्का र दीपेन्द्र गुरुङ
सन् २०२४ को विश्वसुन्दरी प्रतियोगिता नेपाल र भारतमध्ये एक ठाउँमा गर्ने समेत जनाइएको छ । नेपालमा मिस वर्ल्ड गर्ने कुरा दीपेन्द्रले उल्लेख गरे पनि मिति भने जनाइएको छैन ।

मिस वर्ल्डको वर्तमान कार्यकारी निर्माता स्टेफन मोर्लेले भने, ‘गुरुङ परिवार अब मिस वर्ल्डको विरासतसँग जोडिएको छ । हामी मिस वर्ल्डको ७१ औं संस्करणबाट यो समारोहलाई नयाँ उचाइमा लैजान चाहन्छौं । सामूहिक रुपमा कार्यक्रम र परोपकारलाई अघि बढाउनेछौं ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४