Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अक्षय कुमार मराठी फिल्ममा डेब्यु गर्दै


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, कार्तिक १७ २०७९
  • 4.8K
    SHARES

एजेन्सी । बलिउड अभिनेता अक्षय कुमारले मराठी फिल्ममा डेब्यु गर्ने भएका छन् ।

अभिनेता अक्षय निर्देशक महेश मांजरेकरको फिल्म ‘वेदात मराठे वीर दौडले सात’ बाट मराठी फिल्ममा डेब्यु गर्ने तयारी हुन् । यस फिल्ममा अभिनेता अक्षय छत्रपति शिवाजी महाराजको ऐतिहासिक भूमिकामा देखिनेछन् ।भारतीय सञ्चार माध्यमका अनुसार हालै फिल्मको लागि एक कार्यक्रम आयोजना गरिएको थियो, जसमा निर्देशक महेशले फिल्मलाई आफ्नो ड्रीम प्रोजेक्ट भएकाे बताएका छन् । यससँगै उनले विगत ७ वर्षदेखि यो फिल्ममा काम भइरहेको पनि खुलासा गरेका छन् ।

मराठी फिल्म डेब्यूको बारेमा कुरा गर्दै अभिनेता अक्षय भन्छन्, ‘मेरो लागि यो सपना साकार भएको जस्तै हो। छत्रपति शिवाजी महाराजको चरित्रलाई ठूलो पर्दामा निभाउनु आफैँमा ठूलो जिम्मेवारी हो भन्ने मलाई लाग्छ । जब मलाई यो चरित्र निभाउन प्रस्ताव गरे तब म पछि हटें। यति मात्र होइन, म पहिलो पटक महेश मांजरेकरसँग पनि काम गर्दैछु र यो मेरो लागि फरक अनुभव हुनेछ।’

यो फिल्मको बारेमा कुरा गर्दै निर्देशक महेशले अहिलेसम्म बनेको सबैभन्दा ठूलो र भव्य मराठी फिल्म हुने बताएका छन् । उनले यो फिल्मलाई देशभर रिलिज गर्ने बताएका छन् ।

फिल्म सात बहादुर योद्धाको कथामा आधारित छ । जसको एकमात्र उद्देश्य शिवाजी महाराजको स्वराज्यको सपनालाई साकार पार्नु हो । मराठी बाहेक यो फिल्म हिन्दी भाषामा पनि रिलिज हुने निर्देशक महेशले बताएका छन् ।

यो फिल्म २०२३ मा दीपावलीको अवसरमा रिलिज हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४